एनआरएन चुनावी मैदानमा मध्यपूर्वबाट भाट, शर्मा, कार्की र गुरुङ

news-details

गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिबेशन मार्फत चयन हुने नयाँ नेतृत्वमा मध्यपूर्वबाट दुई अनुहार मात्र मैदानमा उत्रिने भएका छन् ।

वर्तमान सचिव डिबी क्षेत्री महासचिवमा उम्मेदवारी नदिने निर्णयमा पुगेपछि आइसीसी उपाध्यक्षमा कतारबाट नरेन्द्र भाट र आइसीसी सचिव पदमा कतारबाट नै राजेन्द्रकुमार शर्मा (आरके) को उम्मेदवारी पर्ने भएको छ । त्यसैगरी युवा संयोजकमा यूएईबाट सुदिप कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । मध्यपूर्वले अहिलेसम्म आइसीसी अध्यक्षको पद नपाएपनि यस पटक उपाध्यक्ष, सचिव र युवासंयोजक पद जसरी भएपनि दिनु पर्ने माग मध्यपूर्वको छ ।

क्षेत्रीले आफ्नो उम्मेदवारी नदिएपनि मुद्धामा एनआरएन अभियानका सक्रियरुपमा लाग्ने बताएका छन् । अझ श्रमिक र सुरक्षित आप्रवासनको मुद्धा बोकेका मध्यपूर्वका उम्मेदवार भाट, आरके र कार्कीलाई जिताउन क्षेत्री मात्र होइन विश्वका एनआरएनहरुले साथ दिइरहेका छन् ।

कुल आचार्य प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका भाटलाई आचार्यको टिम मात्र नभएर मध्यपूर्वको भोट आउने निश्चित छ । एनआरएन अभियानमा पुराना भाटलाई यस पटक उपाध्यक्ष जिताउनका लागि एनआरएनका पूर्व उपाध्यक्ष टिबी कार्की आफै लागेका छन् । अध्यक्षका प्रत्यासी कुल आचार्यका दाइने हात मानिने भाट सबैका साझा उम्मेदवार हुन् ।

यता कुमार पन्त पक्षबाट सचिव पदमा उम्मेदवारी दिएका आरके शर्मा झन साझा उम्मेदवार हुन् । कुमार पन्तले आफ्नो पक्षमा राखेर मध्यपूर्वको प्रतिनिधित्व गराउन शर्मा पहिलो रोजाईमा परेका हुन् ।

नयाँ नेतृत्व चयनका लागि मध्यपुर्व संयोजक समेत रहेका शर्माले सचिब पदमा ६ बूँदे प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले श्रमिकका मुद्धालाई पहिलो प्राथमिकतामा राखेर एनआरएन आइसीसीको सचिव बन्ने निर्णय गरेका हुन् ।

एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेत्तृत्व कुशलतापूर्वक गरिरहेका शर्माले एनआरएन आइसीसी सचिव पदका लागि २०१९–०२१ कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व गदै उम्मेदवारी दिने बताए ।

विदेशमा दुःख गरी कमाएर पठाएको रेमिट्यान्स जुन अनुत्पादक क्षेत्रमा खर्च भएर व्यापार घाटा भैरहेको त्यसलाई कम गरेर नेपालको विकासको लागि लगाउने सपना या अभियान मध्यपुर्वसँग छ ।

क्षेत्रीय संयोजकमा गुरुङ, उपसंयोजकमा उम्मेद्वारी बढ्दै

एनआरएन मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रविन गुरुङ सर्बसम्मत बन्ने दाउमा छन् । वर्तमान उपसंयोजक गुरुङ तीब्र प्रचारप्रसारसहित चुनावी मैदानमा छन् । मध्यपूर्व संयोजक पदमा नै उम्मेदवारी दिएका मनोज गोर्खाली अहिले प्राय मौन छन् ।गुरुङलाई संयोजक पदमा सर्वसम्मति बनाउदै उनी उपसंयोजकमा बस्ने संभावना धेरै छ ।

उपयोजक पदमा उम्मेदवारी दिनेको संख्या धेरै छ । दुई पदका लागि साउदी अरवबाट राजेन्द्र अर्याल (जोन), कुवेतबाट सुरज मास्के, कतारबाट विनोद भट्टराई, कतारबाटै नविन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

मध्यपूर्व भन्ने वित्तिकै श्रमिक र वैदेशिक रोजगारका मुद्धा धेरै आउँछन् । एनआरएन अभियानमा श्रमिकका मुद्धालाई प्राथमितामा पार्न सक्षम र योग्य उम्मेदवार छान्नुपर्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *