एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा भट्टराईको पक्षमा बढ्यो माहोल

news-details

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्वका लागि यूरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी घोषणा गरेका जर्मनीका सन्तोष कुमार भट्टराईको पक्षमा माहोल बनेको छ ।

बिगत लामो समय देखि जर्मनीको ह्याम्बर्गमा ब्यबसाय गर्दै आएका भट्टराई स्थानीय नेपाली माझ निकै सहयोगीको रूपमा परिचित छन् । उनले उम्मेदवारी घोषणा गर्दै लेखेका छन् -‘स्थापना भएपछिका समयमा पञ्जीकृत सदस्यहरू बढ़ेका छन्, सदस्य देशहरू बढेका छन्, हिजोका उदेश्यहरू परिस्कृत भएका छन्, उत्तरदायित्व बढेको छ, अपेक्षाहरू बढेका छन्, हाम्रो दक्षता बढेको छ, हाम्रो क्षमतामा अभिबृद्धि भएको छ, त्यसैले संस्थाको नेतृत्व गर्छु भन्नेको संख्या पनि बढेको छ।’ भट्टराईले नेतृत्व गर्छु भन्नेको संख्या बढ्नु स्वभाविक प्रक्रिया हो भन्दै आफू पनि त्यसको एउटा हिस्सा भएको बताए ।

‘विगतको निर्वाचनमा विश्वभरिबाट प्राप्त मतले पनि संस्थामा रहेर काम गर्नुपर्ने नैतिक ज़िम्मेदारी थपिदिएको उनको भनाई छ । म प्रति हिजो मत मार्फ़त र आजभोलि प्रतक्ष्य,फ़ोन र वैकल्पिक सम्पर्क माध्यमबाट ज़ाहेर भएको र भैरहेका अभिमत र भावनाहरूलाई क़दर गर्दै यस संस्थामा रहेरकाम गर्ने निर्णयमा म पुगेको छु’ उनले भने । भट्टराईले उम्मेदवारीका लागि मात्र उम्मेदवारी नभई ज़िम्मेवार तवरले भावनात्मक रूपमै देशको सम्वृद्धिको अभियानको साथै स्थानीय आवश्यकता र समस्यामा समेत योगदान गर्न सक्षम छु भनेका छन् । ब्यक्ति भन्दा संस्था र पद भन्दा परिणाम महत्वपूर्ण हो भन्ने कुराको राम्रो हेक्का राखेर आफ्ना विचारहरूलाई राख्ने पनि उनले बताए ।

विभिन्न परोपकारी कार्यहरू, परियोजनाहरू, निति र सांगठनिक गतिविधी तथा विपत्तकालिन कामहरूमा समय समयमा जोड़िन पाएकोले पनि संस्थासँग मोह बढेको उनले बताए । ‘खास गरी नेपाली नागरिकताको निरन्तरता, नेपालको व्यापार तथा पर्यटनको प्रबर्द्धन, सिप साधन र स्रोतको परिचालन, तथा मानवीय सहयोगको अलावा केहि स्थानीय विषयहरूमा पनि यो साझा तथा छाता संगठनमा छलफल र पहलहुन ज़रूरी देखिन्छ उनले भने संसारभरी बढिरहेको आप्रावासन र विदेश वसाईले जन्माएका केहि महत्वपूर्ण विषयहरूलाई उल्लेख गर्न चाहान्छु।’ माइग्रेशन, ईन्ट्रिगेशन, भाषा र संस्कृति लगायतका समस्या, व्यवसायिक स्थायित्व, लगानिका संम्भावना, क्षेत्रीय कोष आदि महत्वपूर्ण विषय भएको उनले बताए ।

विशेषगरी यूरोप क्षेत्रमा यस्ता विषयहरूमा कार्यदल बनाएर विषेश पहल गर्नु पर्ने आवश्यकता उनले देखाए । गैरआवासिय नेपालीहरूको ठूलो बाहुल्यता रहेको यूरोपमा दोश्रो पुस्ताको संख्या पनि ठूलै छ। दोश्रो पुस्तालाई नेपाल र हाम्रो संस्कृति संग जोड्ने ठूलो चुनौति पनि यथावत् छ। अहिले यूरोप अमेरीका लगायतका देशहरूमा समस्याहरू पनि बढेका छन्। भाषाको कमि र कानुनको अनभिज्ञता को कारण झेल्नु परेका समस्याहरू पनि धेरै छन्।

विपतकालिन अवस्थामा राहतको निम्ति आर्थिक सहयोगको आह्वान गर्ने र संकलन गर्दा गर्दै तत्कालीन राहतको समय गज्रने र कतिपय अवस्थामा कवुल गरेको रक़म नै जम्मा नहुने कारणले प्रभावकारी सहयोग गर्न नसकेको कुरालाई महशुस गर्दै एउटा क्षेत्रीय कोषको अवधारणालाई अघि बढाउन ज़रूरी देखिएको समेत उनको भनाई छ । नेपाली नागरिकताको निरन्तरता, ब्यापार तथा पर्यटन प्रबर्द्धन र नेपालमा एनआरएनएको सस्थागत लगानि भट्टराईको चुनावी घोषणा पत्रमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *