एनआरएनएको नवौ विश्व सम्मेलन शुरु, राष्ट्रपतिद्धारा उद्घाटन

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिबेशन मंगलबार (आज) देखि काठमाडौंको होटल हायातमा शुरु भएको छ । तीन दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जना सहभागी रहेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले एनआरएनहरुलाई स्वदेशमा लगानी गर्न आह्वान गरिन् । उनले भनिन्–‘ नेपालको विकास र सम्बृद्धिमा एनआरएनले खेलेको भूमिका महत्वपूर्ण छ, एनआरएनले गदैै आएको सहयोगका लागि धन्यवाद दिदै निरन्तरताको कामना गर्दछु ।’

उनले विश्व सम्मेलन पारिवारिक मिलनको संयोग पनि भएकाले यसलाई उत्सवका रुपमा मनाउन आग्रह गरिन् । उनले भनिन्–‘एनआरएनलाई स्वदेशमा लगानी गर्न आह्वान गर्दछु, सरकारले लगानीको वातावरण बनाउन गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने भएको छ ।’

सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली,  पूर्व अध्यक्ष शेष घले तथा अध्यक्ष भवन भट्टले संवोधन गर्दै एनआरएनको चर्चा गरेका छन् ।

अध्यक्ष भट्टले आफ्नो कार्यकाल धेरै सफल भएको बताए । उनले धेरै कार्यहरु सम्पन्न भएको र केही काम अगाडि बढेको जनाउँदै आफ्ना उपलब्धीहरुको सूची लामो भएको सुनाए । हरेक नेपालीहरुको आत्माका नेपाल र नेपाली रहेकोले नेपालको विकासमा हातेमालो गर्ने उनको भनाई थियो ।

एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्षमा उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदमा पनि उम्मेदवारी घोषणा गर्ने धेरै छन् । चुनावी माहोल भएकाले एनआरएनहरु यतिवेला नेतृत्व कसरी आफ्नो पक्षमा पार्ने भन्ने चटारोमा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *