एनआरएनएको नेतृत्वका लागि कुल आचार्य प्यानलसहित मैदानमा

news-details

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका वर्तमान उपाध्यक्ष कुल आचार्यले सोमबार एक कार्यक्रमको आयोजना गरि आफ्नो प्यानल सार्वजनिक गरेका छन ।

यसअघि १० वुँदे प्रतिवद्धतासहित आफ्नो कर्मथलो बेलायतबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका आचार्यले निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौमा प्यानल घोषणा गरेका हुन ।

आचार्यको प्यानलबाट उपाध्यक्षमा नरेन्द्र भाट, मन केसी, डा. केशव पौडेल र रविना थापा मैदानमा उत्रने भएका छन भने महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाले प्रतिष्पर्धाका गर्ने भएका छन । अन्य पदका लागि पनि आचार्य प्यानलबाट निर्वाचनमा जाने उम्मेदवारहरुको टुंगो लगाउन छलफल भैरहेकाले छिट्टै पूर्ण प्यानल घोषणा हुने आचार्य निकट स्रोतले जानकारी दिएको छ ।

संघको नवौ विश्वसम्मेलन तथा महाधिवेशन मंगलबारबाट काठमाडौको ह्रयात होटलमा सुरु हुदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *