मध्यपूर्व उपसंयोजकमा कतारबाट भट्टराईको प्रतिवद्धतासहित उम्मेदारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिबेशनमार्फत कतारबाट विनोद भट्टराईले मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए आइसीसी सदस्य भट्टराईले विभिन्न प्रतिवद्धता जनाउँदै केही दिन अगाडि मात्र सन् २०१९–२१ कार्यकालका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २००९ देखि एनआरएनएमा आवद्ध रहेका भट्टराईले संघमा विभिन्न जिम्मेवारी निभाउँदै आइरहेका छन् । एनसीसी कतारको सचिव, महासचिव हुँदै दुई पटक आइसीसी सदस्यको रुपमा संघमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।

‘मध्यपूर्वका मुद्दालाई मध्यनजर गर्दै एकिकृत तवरबाट समस्या समाधान गर्न तथा क्षेत्रिय मुद्दामा सबै गैरआवासीय नेपालीहरुलाई एकै ठाउँमा राखेर काम गर्नका लागि २०१९÷२०२१ को लागि मध्यपूर्व क्षेत्रिय उपसंयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

सामाजिक सुरक्षा सहितको सम्मानित वैदेशिक रोजगारी, नेपाल प्रवद्र्धन तथा उद्यमशीलतामा जोड, नेपाली उत्पादनको निर्यात, कला, संस्कृति, साहित्य तथा खेलको विकास साथै दरिलो क्षेत्रीय समन्वय गर्ने प्रतिवद्धता भट्टराईले जनाएका छन् ।

सन् २००३ देखि २०१९ सम्म मध्यपूर्वमा भएका क्षेत्रीय भेला, क्षेत्रीय सम्मेलन र हालसम्मका विश्व सम्मेलनले गरेका घोषणा पत्र बमोजिम कार्यान्वयन हुन बाँकी रहेका मध्यपूर्वका मुद्दाहरूलाई कार्य योजना बनाइ कार्यान्वयन गर्न क्षेत्रीय संयोजक र एनसीसीहरुसँग समन्वय गर्दै पहल गर्न आफ्नो उम्मेदवारी भएको औल्याएका छन् ।

मध्यपूर्वमा रहेका श्रमिकका मुद्धालाई खरोरुपमा उठाउने भट्टराई सफल नेतृत्वकर्ताका रुपमा चिनिन्छन् । मध्यपूर्वले भट्टराईलाई एनआरएन अभियानमा अगाडि बढाउने हो भने धेरै फाइदा लिन सक्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *