एनआरएनए मध्यपूर्वी उप-संयोजकमा सुरज मास्केको उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलनले चुन्ने नयाँ नेतृत्वका लागि मध्यपूर्वबाट सुरज मास्केले उप – संयोजकको लागि आफ्नो ६ बुँदे घोषणापत्र सहित उम्मेदवारी घोषणा गरेका छन ।

भरतपुर चितवनका मास्के हाल कुवेतमा बस्दै आईरहेका छन । २००९ देखि नै एनआरएन अभियानमा सक्रिय भएर संस्थाको हकहितका कटिवद्ध मास्के एआरएनए एनसीसी कुवेतका सचिव हुँदै महासचिवको पद सम्हालिसकेका छन । संधै सकारात्मक सोंचका साथ अगाडि बढिरहने मास्के एउटा जोसिला र होसिला व्यक्तित्वको को रुपमा परिचित छन ।

काठमाण्डौंमा १५ देखि १७ सम्म हुने एनआरएनएको ९औं विश्व सम्मेलनमा मध्यपुर्वी उपसंयोजकको लागि उम्मेदवारी घोषणा गरेका मास्केले आफ्नो कार्यकालमा निम्न कुराहरुमा जोड दिदै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

मास्केका प्रतिवद्धताहरु

१. एनआरएनएलाई हरेक विदेशमा कामगरि खाने श्रमीक नेपालीको पिडालाई उजागर गर्ने संस्थाको रुपमा अगाढी लैजाने ।

२. साना तथा मझौला सामूहिक लगानीका एजेण्डाका साथै मध्यपूर्वमा रहेका नेपालीहरुलाई यस विषयमा जगाउने ।

३. विदेशमा अकसमात मृत्यू हुने नेपालीको कुनै अंग ननिकालेर जस्ताको तस्तै नेपाल पुर्याउन राजदतावास संग सहकार्य गर्दै समन्वयात्मक ढंगले अगाढी बढ्ने ।

४. भिजिट नेपाल २०२० लाई सफल पार्न मध्यपूर्वमा विशेष गृहकार्य गर्ने ।

५. बैदेशिक रोजगारमा गएका नेपालीहरूको स९सम्मानित रोजगारको प्रत्याभूत गर्न सामाजिक हक अधिकारको सुरक्षा गर्ने ।

६. हरेक भाषाको सहजीकरणका लागि एनसीसीलाई यस विषयमा ध्यानाकर्षण गराउँने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *