धनीहरुको आफ्नै संस्था गरिव कसरी भयो ?

news-details

गैरआवासीय नेपाली संघ भन्ने वित्तिकै धनीहरुको संस्था भनेर चिनिन्छ । त्यही विश्वभरका धनीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ भने यतिखेर टाट पल्टिएको छ । संस्था चल्न नसकेर अहिले करोडौ ऋणको भारी बोक्न बिबस छ ।

एनआरएनको ९ औं विश्व सम्मेलन नजिकिदै गर्दा संस्थामा नेतृत्व गर्न जान चाहनेहरुले मीठा मीठा प्रतिवद्धता जनाएर घोषणा गरिरहँदा आफ्नै संस्था भने गरिव भएको छ । तर, उनीहरुका प्रतिवद्धताले देश आजको भोलि कायापलट बनाउला झै लाग्छ ।

केही समय अगाडि मात्र उपाध्यक्ष कुमार पन्त र अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीले एक एक करोड र उपाध्यक्ष कुल आचार्यले ५० लाख व्यक्तिगतरुपमा संस्थालाई सापटस्वरुप उपलब्ध गराएपछि संस्था आर्थिक संकटमा परेको प्रष्ट हुन्छ । संस्थाका अध्यक्ष भवन भट्टले सवै एनआरएनलाई परिपत्र गरेर नै सचिवालय चलाउन संकट परेको भन्दै पैसा सापट मागेका थिए ।

संघले बैंकमा फिक्स डिपोजिटमा पैसा राखेर पनि बैंकबाट ऋण लिएको छ । यद्यपी एनआरएनले संचालन गरेका प्रोजेक्टमा भुक्तानी गर्न धेरै रकम अझै बाँकी रहेको एनआरएन स्रोतको भनाई छ ।

विश्वमा रहेका एनआरएनहरुबाट पैसा उठाएर निमार्ण गरेको एनआरएन भवन अहिले भाडामा पनि लगाइएको छ । बालुवाटारमा रहेको एनआरएन भवनको पहिलो र दोश्रो तला नेपाल राष्ट्र वैंकलाई भाडामा लगाएको एनआरएनका अधिकांश अगुवाहरु मन परेको छैन ।

संघका अध्यक्ष भवन भट्ट सचिवालय खर्च जुटाउनका लागि भएपनि भाडामा लगाउनु परेको बाध्यता सुनाउने गरेका छन् । तर, भवन निमार्णमा ठूलो सहयोग गर्ने एनआरएनहरु आफ्नो भवनमा अरु अफिस राखेर विश्वका एनआरएनहरुको अपमान भएको बताउँछन् । अझै भवन निमार्णको काम सकिएको छैन ।

एनआरएन स्थापना भएको १६ बर्ष पुग्दै गर्दा ८३ देशमा एनआरएनको सञ्जाल विस्तार भइसकेको छ । एनआरएनले नेपालमा लगानी भित्र्याउने र स्वदेशमा लगानी गर्ने बताइरहँदा आफ्नै संस्था चल्न नसक्ने अवस्था कसरी पुग्यो एनआरएनहरुले बर्तमान कार्यसमितिसँग खोजी गर्न थालेका छन् ।

एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेको कार्यसमितिले झण्डै आधा अर्ब संस्थाको कोषमा छोडेर वर्तमान अध्यक्षलाई सुम्पिएपछि कोषको पैसा कसरी स्वाहा भयो ? एक एनआरएनको आक्रोष थियो ।

घलेको नेतृत्व पाएको एनआरएनले आफ्नो कार्यकालमा यतिधेरै सफलता दिलाएकी विश्वभरका नेपालीहरुको ढुकढुकी नै बनाए । नेपाल र नेपालीको दिलमा एनआरएनहरु गफ मात्र होइन काम नै गर्दा रहेछन् भनेर घलेले पुष्टी गरिदिए । घलेले व्यक्तिभन्दा पनि संस्थाप्रतिको इमान्दारिताको नमूना नै प्रस्तुत गरे , चाहे महाभूकम्पको पीडामा लाप्राकमा नमूनाबस्ती निमार्ण, उद्धार तथा सहयोग, एनआरएन भवन निमार्ण, वैदेशिक रोजगार कल्याण कोष खडा गर्ने अनगिन्ति काम भए ।

एनआरएनको संस्थापक अध्यक्ष उपेन्द्र महतोले विश्वका नेपालीलाई एक सुत्रमा बाधेर शुरु भएको एनआरएन अभियानले आज ठूलोरुप लिइरहेको छ । महतोपछि नेतृत्व गर्न आएका जापानका देवमान हिराचनले कुनै उचाईमा पु¥याउन सकेनन् । उनले उल्टो एनआरएन संस्थाको नाम भजाएर सामूहिक लगानी भन्दै विश्वका नेपालीबाट करोडौं उठाएर विचल्लीमा पारे । त्यही भएर होला उनी अहिले एनआरएन अभियानमा नाकमुख देखाउँदैनन् । उनी अहिले पलायन सोसरह छन् ।

हिराचनपछि एनआरएन नेतृत्वमा आएका जीवा लामिछानेले संस्थालाई कानूनी मान्यता दिलाउन सफल भए । उनकै कार्यकालमा एनआरएन नेपाल सरकारमा दर्ता भयो भने अन्य धेरै कानूनी अड्चनलाई चिर्न सके ।
संघका अध्यक्ष भट्टले एनआरएन नेतृत्व छोड्दै गर्दा धेरै जवाफ दिनु पर्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *