एक पद मलेसियालाई दिदै डिआरसीमा न्यौपाने सर्बसम्मत बन्दै

news-details

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्वका लागि मलेसियाबाट एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक (डिआरसी)मा उम्मेदवारी दिएका खगेन्द्र न्यौपानेका पक्षमा सर्बसम्मति बन्ने भएको छ ।

एसिया प्यासिफिक सहसंयोजक पदमा दुई जना जान सक्ने भएकाले मलेसियाको प्रतिनिधित्व गरेका न्यौपानेलाई एक पद दिने प्राय सहमति भइसकेको एनआरएन अगुवाहरुको भनाई छ । एनआरएन अभियानमा नेतृत्व तहसँग सहकार्य गरेर सक्रियरुपमा लागिरहेका न्यौपाने आगामी नेतृत्वमा जसरी भएपनि ल्याउनका लागि ससर्बसम्मतिको पहल भएको हो ।

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष न्यौपानेले क्षेत्रीय सहसंयोजक पदका लागि ९ बूँदे घोषणापत्र जारी गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन् । आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै न्यौपानेले भने –‘एनआरएनएको मर्म, भावना एवं उद्देश्य पुरा गर्नका लागि आगामी कार्यकालका लागि क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी दिने सगौरव घोषणा गरेको छु ।’


एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य हुदै अध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक निभाइसकेका न्यौपानेले क्षेत्रीय सहसंयोजकमा जाने निर्णय गर्दा एनआरएन मलेसियाले पूर्णरुपमा समर्थन गर्दै सर्बसम्मत बनाउन दवाव दिइरहेको छ ।

न्यौपानेले आफ्ना प्रतिवद्धतापत्रमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने, देशमा लगानी बढाउन पहल गर्ने, पहिलो, दोश्रो पुस्ता मात्र नभएर हरेक नेपालीलाई एनआरएन अभियान भित्र समेट्न, एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरुको सानो सानो पुजिको एकिकृत गरी लगानीको वातावरण बनाउन, एसिया प्यासिफिक क्षेत्रका एनआरएनहरुको क्षेत्रीय श्रमिक सरोकार केन्द्र स्थापना गर्ने, म्यानमार लुम्बिनी सीधा हवाईसेवाका लागि पहल गर्ने, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको २४ घण्टे बीमाका लागि पहल गर्नेलगायत उल्लेख्य काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी न्यौपानेले सरकारी तवरबाट श्रम कुटनीतिका लागि पहल गर्ने, एक एनआरएन एक साथी नेपाल पठाउनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

एनआरएन अभियानमा लागेपछि धेरै देशमा पुगिसकेका न्यौपाने सवै एनआरएनका सारथीका रुपमा चिनिन्छन् । उनको पक्षमा सर्वसम्मत बनाउनका लागि एनआरएन अगुवाहरु पनि जुट्ने प्रतिवद्धताले आगामी नेतृत्वमा उनको उपस्थिति दरिलो हुने देखिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *