एनआरएनए महिला संयोजकमा भोमा लिम्बूको उम्मेदवारी घोषणा

news-details

अष्ट्रेलियाबाट भोमा लिम्बूले ‘महिला नेतृत्व विकास र सशक्तिकरण, अवको हाम्रो अभियान’ भन्ने मूल नाराका साथ एनआरएनए ९ औं विश्व सम्मेलन तथा महाधिबेशनबाट एनआरएनए आईसीसीको २०१९–२१ कार्यकालका लागि महिला संयोजक पदमा उम्मेवारी घोषणा गरेकी छिन् ।

हालसम्मको एनआरएनएमा काम गरेको अनुभब, समयलाई उपयोग गर्दै कार्ययोजनाका साथ लिम्बूले महिला संयोजकमा उम्मेदवारी दिएकी हुन् । उनले एनआरएनको ८ औं विश्व सम्मेलनमा पनि सोही पदमा उम्मेदवारी दिएकी थिइन् ।

‘काम गर्नका लागि पद नै चाहिन्छ भन्ने त छैन, बिगत ११ बर्षमा एनआरएनएको पदमा वा पद बाहिर बसेरै पनि मैले सधै एनआरएनए र नेपालीका लागि कार्य गरिरहेको छु’ उनले आफ्नो उम्मेदवारी प्रष्ट पार्दै भनिन् –‘जिम्मेवारपूर्वक र परिणाममुखी काम गर्नका लागि पद पनि आवश्यक हुँदो रहेछ । प्रवासमा बस्ने नेपाली महिलाहरुको शशक्तिकरण र एनआरएनए अभियानका लागि अझ सक्रिय भएर लाग्नका लागि एनआरएनए महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको छु । ’

प्रवासमा बसेर पनि नेपाली कला सँस्कृतिको प्रवद्र्धन तथा सम्वद्र्धन गर्ने क्रममा यूवा प्रतिभाको खोजी गर्दै उनीहरु सामाजिक काममा लाग्न प्रेरित गर्न मिस्टर, मिस एण्ड मिसेस नेपाल अष्ट्रेलियाको मुख्य आयोजना होस वा, नेपालमा गएको बिनासकारी भूकम्प, बाढि पहिरोमा परी दुःखमा परेका नेपाली महिला, बालबालिका तथा दाजुभाईको सेवामा असहज परिस्थित हुँदा पनि प्रत्यक्ष प्रभावित क्षेत्रमा सेवा गर्न लिम्बू पुगिहाल्थिन् । उनी राहत बितरण तथा मेडिकल क्याम्प संचालन गर्न धेरै पटक फिल्डमै पुगेकी छिन् । भूकम्प गएको बेला मेडिकल को–अडिनेटर भएर उनले स्थलगतरुप सिन्धुपाल्चोक, रसुवा, काभ्रे, काठमार्डौ छेउछाउमा हप्तौ बसेर सेवा प्रदान गरेकी छिन् । तराईमा बाढि जाँदा मेडिकल म्याम्प लिएर उनी हप्ता दिनसम्म सप्तरीमा बिताएकी छिन् ।

अरुको सेवा गर्न भनेपछि हुुरुक्कै हुने लिम्बूको आफ्नो संस्था यूनाईटेट नेप्लिज आर्ट एण्ड ईन्टरटेन्टमेन्टले वैदेशिक रोजगारमा गएर नफिर्किएका, जेलमा परेका वा मृत्युभएका नेपालमा भएका छोराछोरीलाई निःशुल्क पढाइरहेको छ । उनले आफ्नै नेतृत्वमा दैलेख जिल्लामा महिलाहरुको आङ खस्ने समस्या सम्बन्धि ५ सय महिलाहरुको निःशुल्क ४ दिने शिविर संचालन गरेकी छिन् ।

उनले विशेषगरी मध्यपूर्व तथा मलेसियामा समस्यामा परेका नेपाली महिला तथा बालबच्चाको उद्धारका लागि छुट्टै ‘महिला उद्धार कोष’ स्थापना गर्ने, नेपालमा यौन शोषण तथा बलात्कारजस्ता समस्यामा परेका वा विदेशबाट समस्यापरी फर्किएर आएका महिला तथा बालबालिकाको निःशुल्क कानूनी उपचारसहित ‘सेल्टर हाउस’को स्थापना गर्ने साथै विदेशस्थित नेपाली दूतावास विशेषगरी मध्यपूर्वमा महिलाहरुको विषय सुन्नका लागि छुट्टै महिला काउन्सिलर राख्न पहल गर्ने जस्ता प्रतिवद्धता लिम्बूले आफ्नो उम्मेदवारीसहित जनाएकी छिन् ।

सन् १९९६ देखि अष्ट्रेलिया रहेपनि हरेकपल नेपाली कला सँस्कृति र नेपाली समाजमा रहेर सेवा गर्दै आएकी लिम्बू हरेक नेपालीहरुको सुखदुःखमा साथसाथै रहँदै आएकी छिन् । नर्सिङमा मास्टर्स गरेकी लिम्बू नेपाली महिलाको सेवामा हरपल लाग्ने प्रणमा छिन् । अष्ट्रेलियामा नेपाल फेष्टिभल हुँदा सन् २००६ देखि २०१२ सम्म कल्चरल कोअडिनेर भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

उनले भनिन्–‘लामो समय एनआरएनको अभियानमा लागेको कारण अझै यही संस्थामा लागेर थप काम गर्ने अभिप्रायका साथ मैले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी हुँ ।’

लिम्बूमा प्रतिबद्धताहरु

१. स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाहरुको नेतृत्व विकास, चेतना अभिबृद्धि तथा शसक्तिकरणका लागि महत्वपूर्ण भूमिका खेल्न ।

२. मध्यपूर्व तथा अन्य देशमा वैदेशिक रोजगारमा गएका महिलाहरु त्यहाँ कुनै समस्यामा परे उनीहरुको सहयोगका लागि छुट्टै ‘महिला उद्धार कोष’ स्थापना गर्न । समस्यामा परेका नेपाली महिला तथा बालबच्चाको उद्धारका लागि उक्त कोष बन्दा तत्काल सहयोग मिल्नेछ ।

३. नेपालमा यौन शोषण तथा बलात्कारजस्ता समस्यामा परेका वा विदेशबाट समस्या परी फर्किएर आएका महिला तथा बालबालिकाको निःशुल्क कानूनी उपचारसहित नेपालमा नै ‘सेल्टर हाउस’को स्थापना गर्न ।

४, विदेशस्थित नेपाली दूतावासमा विशेषगरी मध्यपूर्वमा महिलाहरुको विषय सुन्नका लागि छुट्टै महिला काउन्सिलर राख्न पहल गर्न । महिलाले पुरुष भन्दा महिला कर्मचारीलाई विश्वास गरेर खुलेर समस्या राख्न सक्नेछन् ।

५. एनआरएन अभियानमा महिलाहरुको सहभागिता बढाउन ।

६. ‘एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने एनआरएनको नारा र भिजन २०२० कार्यान्वयन गराउन आफुले हाँसिल गरेको ज्ञान, पेशा र अनुभवलाई अझ प्रभावकारीढंगबाट प्रयोग गर्न ।

लिम्बूको सहभागिताः
– एनआरएनए अष्ट्रेलिया सचिब – (२००७–२००९)
– एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष – (२००९–२०११)
– एनआरएनए आईसीसी सदस्य – (२०११–२०१३)
– एनआरएनए ओशिनिया उपसंयोजक – (२०१३–२०१५)
– एनआरएनए आईसीसी सदस्य – (२०१५–२०१७)
– अध्यक्ष, यूनाईटेट नेप्लिज आर्ट एण्ड ईन्टरटेन्टमेन्ट(२०१० देखि अहिलेसम्म)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *