अष्ट्रेलियाका शाहको एनआरएन युवा संयोजक पदमा उम्मेदवारी

news-details

गैर आवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन तथा महाधिवेशनमा स्वतन्त्र प्रताप शाहले युवा संयोजक पदमा उम्मेदारी घोषणा गरेका छन् । अष्ट्रेलिया र नेपालमा व्यवसाय गरिरहेका शाहले काठमाडौंमा हुन लागेको महाधिवेशनमा युवा संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

सुदूरपश्चिमको अछामबाट २० वर्षकै उमेरमा अष्ट्रेलिया पुगेका शाह त्यही व्यवसाय गर्दै आएका छन । देश विदेशमा रहेका युवा उद्यमीबीच सहकार्य र समन्वय गरेर नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाउने, विदेशमा पुगे खेलाडीलाई समेटेर नेपालमै एनआरएन स्पोर्टस एकेडेमीको स्थापना गर्ने, नेपाल भ्रमण वर्षलाई सफल बनाउन एक एनआरएन एक विदेशी साथी नेपालको भ्रमणमा पठाउने र युवा स्वरोजगारमुलक तालिम र कार्यक्रम सञ्चालन गर्ने शाहका चुनावी एजेण्डा छन ।

उनले नेपालबाट हरेक वर्ष हजारौँ विद्यार्थी पुग्ने अष्ट्रेलियामा नेपाली खानाको प्रचारप्रसार गर्ने उदेश्यले अष्ट्रेलियामा नेपाली शैलीको रेष्टुरेण्ट खोलेका छन । शाहले एनआरएन अष्ट्रेलिया शाखाको तीनचोटी उपाध्यक्ष पद सम्हालेका थिए भने गत वर्ष काठमाडौंमा सम्पन्न आठौं सम्मेलनमा पनि शाह थोरै मतले मात्र युवा संयोजकमा पराजित भएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *