एनआरएनए एसिया प्यासिफिक संयोजकमा ओम गुरुङको उम्मेद्धारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय समवन्य परिषद्को महाधिवेशनमा अजिब गुरुङ ‘ओम’ ले एसिया प्यासिफिक संयोजक (आरसी) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापानको उपाध्यक्षमा भएर एनआरएन अभियानमा अभियानमा संलग्न हुदै अध्यक्ष भई सफल कार्यकाल सम्पन्न काम गरिसकेका गुरुङले ३ पटक आईसीसीको पदमा बसी विभिन्न महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । आफ्नो अनुभवलाई एनआरएन अभियानमा लगाउन उनले आगामी कार्यकालका लागि एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिएर गुरुङ हाल चितवनको माडीमा बसोवास गर्दै आएपनि बिगत लामो समयदेखि जापानमा स्थापित सफल रेष्टुरेण्ट र रेमिट्यान्स ब्यवसायी हुन । उनले आफ्नो उम्मेद्धारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीकोहरुको समुचित बिकासको लागि निरन्तरता भएको दावी गरेका छन् ।

नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफुले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएको गुरुङले बताएका छन् । जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष समेत् रही विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरी सकेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो । बिगत एनआरएनए जापानको एनसीसी देखी नै भबन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ एनआरएनका महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरिसकेका छन् ।

अन्य पदहरुमा जहाँ बसेर पनि काम गर्न सकिन्छ नि एसिया प्यासिफिक संयोजक मा नै किन भन्ने प्रसंगमा उम्मेद्धार गुरुङले एनआरएनएका मूल्य र मान्यताहरुलाई आत्मा साथ गर्दै आफ्नै भिजन नै आफ्नो मिसन भएकोले आफै जिम्मेवारी तह बसेर काम गर्न चाहेको मुख्य त एसिया नेपालीहरुको रोजगारीको मुख्य गन्तब्य भएकोले बिशेष गररे यस क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुको हक अधिकार, श्रमको उचित मूल्य र ब्यबस्थित रोजगार, जिबन बिमाको पहल गर्ने र बिदेसमा निधन भएका नेपालीहरुको लाश सरकारी तवरवाट नेपाल लाने र विदेशीभूमिमा अलपत्र नेपालीहरुको उद्धारमा आफुँ जोडदारसंग लाग्ने र यस अर्थमा पनि आफु एसिया प्यासिफिक संयोजक भएर अलि गहनरुपमा सेवा गर्न चाहेको बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *