सबै भन्दा कान्छो एनसीसी अध्यक्ष कार्कीको आइसीसी युवा संयोजकमा उम्मेदवारी

news-details

गैरआवासिय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन नजिकिदै जाँदा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी धमाधम आइरहेका छन् । यसैमध्ये एनआरएन आइसीसी युवा संयोजकका लागि यूएईबाट सुदिप कुमार कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

सुदिप सबैभन्दा कम उमेरमै एनआरएनए यूएईको अध्यक्ष भएर काम गरिसकेका छन् । अत्यन्तै राम्रो कार्य सम्पादन गर्न सफल कार्की विश्वमा भएका एनआरएन युवाहरुको नेतृत्व गर्न सक्षम छन् ।

एनआरएनए युएईमा सन् २०१३ देखि सन् २०१५ सम्म उपाध्यक्षका रुपमा र सन् २०१५ देखी सन् २०१७ सम्म अध्यक्षका रुपमा अत्यन्तै कुशलतापूर्वक भुमिका निर्वाह गरिसकेका कार्कीले २०१७ देखी २०१९ सम्मका लागि आइसिसि सदस्यका रुपमा भुमिका निर्वाह गरिरहेका छन् ।

सानै उमेरदेखी नै समाजसेवामा चासो राख्दै आफ्नो भुमिका निर्वाह गर्दै आएका कार्की एनआरएनए भित्र परिचित नाम हो । युएई जहाँ लाखौं नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ त्यहाँ उनले आफ्नो कार्यकालमा अप्ठ¥यारोमा परेका श्रमिक र दक्ष जनशक्तिका रुपमा गएका युवाहरुको पक्षमा गरेका सकारात्मक प्रयासहरुका कारण नै उनी लोकप्रिय बन्न सफल भएका हुन् । कम उमेरमै उनमा देखिएको नेत्तृत्व गर्नसक्ने क्षमता नै उनको परिचय बनेको छ ।

आफुहरु जुन कारणले विदेशिनु परेपनि अब विदेशिने क्रम रोकिनुपर्ने र विदेशिएका नेपालीहरुले सिकेको शिप र क्षमतालाई विस्तारै नेपालमै व्यवसाय गर्न प्रेरित गर्नुपर्ने लक्ष्य उनले बनाएका छन् । विश्व भर विभिन्न कुनामा छरिएर रहेका युवाहरुलाई समेट्नु र उनीहरुले भोगेका समस्यालाई हल गर्नु आफ्नो उदेश्य रहेको बताउँदै युवा संयोजकमा काम गर्ने अवसर आफुलाई प्राप्त हुनेमा विस्वस्त रहेको उनले बताए ।

विश्वभर नेपालका मौलिक उत्पादनलाई पु¥याएर देशविकासमा टेवा दिने धारणा राख्दै उनले आफ्नो लक्ष्य अन्तत विदेशिएका युवालाई नेपालमा फर्काएर नेपालमै प्रयाप्त रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु रहेको छ । त्यसैगरी विश्वका विभिन्न मुलुकमा रहेका कुटनीतिक नियोग संगको सम्बन्धलाई व्यवस्थित पार्ने योजना पनि कार्की संग छ । उनमा देखिएको कुशल नेत्तृत्व क्षमताकै कारण उनी युवाहरुका साथै एनआरएनएमा परिचित बन्न पुगेका हुन् । उनी मध्य पूर्वको क्षेत्रमा मात्र नभै विश्वका धेरै देशमा परिचित छन् ।

युवा संयोजक पदमा नै अष्ट्रेलियाबाट स्वतन्त्रप्रताप शाहले पनि उम्मेदवारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *