कुँवरले एसिया प्यासिफिक सह–संयोजकमै उम्मेदवारी दिने

news-details

गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि एसिया प्यासिफिक सहसंयोजक विनोद कुँवरले सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो कार्यकालमा गर्न बाँकी केही अधुरा काम पुरा गर्नका लागि सहसंयोजक पदमा नै उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

एनआरएन तथा व्यक्तिगतरुपमा नेपालमा लगानी ल्याइरहेका कुँवरले आगामी कार्यकालका लागि सोही पदमा उम्मेदवारी दिएर अधुरा काम पुरा गर्ने बताएका छन् । उनले भने–‘केही अधुरा काम पुरा गर्न सहसंयोजक पदमा नै उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।’

म्याग्दीका कुँवर लामो समयदेखि दक्षिण कोरियामा व्यवसाय गर्दै सामाजिक काममा सक्रिय छन् । दुई पटक एनआरएनए दक्षिण कोरियाको अध्यक्ष भइसकेका कुँवर आइसीसी सदस्य हुँदै एसिया प्यासिफिक सहसंयोजक भएर काम गरिरहेका छन् । एनआरएन बृतमा रुचाइएका कुँवरले स्वदेशमा लगानी भित्र्याउन विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइरहेका छन् ।

विगत १४ बर्षदेखि एनआरएनएमा आवद्ध रहेका कुँवरले नेपालमा पहिलो पटक ललितपुरको सन्तानेश्वरमा मोनोरेल संचालनमा ल्याउँदैछन् । दक्षिण कोरियाको लोतेरिया गु्रपलाई नेपाल ल्याउन सम्झौता गरिसकेका कुँवरले नेपालमा लगानी ल्याउनका लागि धेरै काम गरिरहेका छन् ।

स्वदेशमा नै हाइड्रोपावर पनि बनाइरहेका कुँवर प्रचारप्रसार भन्दा काममा विश्वास राख्दछन् । विदेशमा कमाएको सानो–सानो पूँजीलाई सामूहिकरुपमा ल्याउनका लागि उनले विभिन्न कार्यक्रमहरु पनि ल्याइरहेका छन् । भन्छन्–‘आफ्नो मात्र होइन स्वदेशमा धेरैभन्दा धेरै लगानी आउनुपर्छ भनेर सबै नेपालीलाई समेट्दै छु ।’ एसिया प्रशान्त क्षेत्रमा रहेका नेपालीहरुले भोग्दै आएका समस्या समाधान आफ्नो मुख्य एजेण्डा हुने समेत उनले बताए ।

करिव १९ बर्षको उमेरमा दक्षिण कोरिया छिरेका कुँवर अहिले कोरियामा सफल व्यवसायी बनेका छन् । नेपाल र कोरियाबीच टे«डिङ व्यवसायको अलावा रेष्टुरेण्ट व्यवसाय गरिरहेका कुँवर रेमिट्यान्सको व्यवसायमा पनि छन् । एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीले नेपालको सबैभन्दा धेरै मायाँ गर्ने बताउने कुँवर स्वदेशमा लगानी ल्याउने मध्येका एनआरएन हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *