श्रमिकको मुद्धा बोकेर आरके शर्मा एनआरएनए आइसीसीको सचिव बन्दै

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ विश्वसम्मेलन तथा नयाँ नेतृत्व चयनका लागि मध्यपूर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले श्रमिकका मुद्धालाई पहिलो प्राथमिकतामा राखेर एनआरएनए आइसीसीको सचिव बन्ने निर्णय गरेका हुन् ।

एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य हुदै मध्यपूर्व संयोजकको नेत्तृत्व कुशलतापूर्वक निभाइसकेका शर्माले एनआरएनए आइसीसी सचिव पदमा २०१९–०२१ कार्यकालका लागि उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरुको नेत्तृत्व गदै उम्मेदवारी दिने बताए ।

मध्यपुर्व संयोजक हुदाँ प्राय सबै देशमा नै पुगेर त्यहाँ रहेका श्रमिक नेपालीको समस्या बुझेर सम्बन्धित निकायसम्म पुगेर त्यसको समाधानमा पहल गर्दै आइरहेका शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिक नेपालीहरुलाई पहिलो प्राथमिकतामा राख्दै काम गरिरहेका छन् ।

विगतमा उठाएका मुद्धालाई सरकारले केही हदसम्म सम्बोधन गरेको भएता पनि केही मुद्धा कार्यान्वयनमा ल्याउनका लागि आफ्नो उम्मेदवारी भएको शर्माले बताएका छन् । स्वास्थ्य सुरक्षा तथा सचेतना कार्यक्रमदेखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरुको निराकरणदेखि दुताबास बाटै श्रम स्वीकृति दिलाउने सम्मका कार्यहरुलाई मूर्तरुप दिनेमा उनले जोड दिएका छन् । विदेशबाट लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पुर्ण एनआरएनका अभियन्ताहरुको रोजाईमा पर्ने गरेका छन् ।

कतार लगायत विभिन्न देशहरुमा सफल ब्यवसाय गर्दै आईरहेका शर्मा मध्यपुर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय समेत रहेका छन् । एनआरएनको अभियानमा उनको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।

सचिवको उम्मेदवारी बारे प्रष्ट्याउदै शर्मा भन्छन्–‘नेपालीको दुःखमा मल्हम लगाउन वा भएका संभावनाहरु राष्ट्र विकासमा लगाउनका साथै आगामी कार्यकालमा एनआरएन अभियानमा अझ सशक्त रुपमा भुमिका खेल्ने अभिप्रायले एनआरएन आइसिसि सचिवको उम्मेदवारी दिने निर्णय गरेको छु ।’\

विदेशमा दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ, त्यो रेमिट्यान्सलाई एउटा ढिक्का बनाएर लगानी गर्न आवश्यक रहेको शर्माको बुझाई छ । उनी भन्छन्–‘भोलि हामी रिटायर्ड भएर स्वदेश फर्कदै गर्दा औषधी उपचारको लागि केही फण्ड होस् नत्र पाखुरी चलाउन नसक्दा रित्तो हात हुन्छ ।’ अहिले जुन अनुत्पादक क्षेत्रमा खर्च भएर व्यापार घाटा भैरहेको छ त्यसलाई कम गरेर नेपालको विकासको लागि लगाउने सपना शर्माको छ ।

वर्तमान कार्यसमितिमा मध्यपूर्व संयोजक रहेका शर्मा हिजोका दिनमा एनआरएनका नागरिकताको निरन्तरता लगायत धेरै मुद्दाहरुलाई मध्यपूर्वले पनि संगसंगै काँधमा बोकेर सफल पारेको हुँदा अव मध्यपूर्वका मुद्धा आइसीसीले पहिलो प्राथमिकतामा राख्नु पर्ने औल्याउँछन् । अब मध्यपूर्व र मलेसियाका समस्याहरुलाई समाधान गर्नको लागि विश्वको ध्यान जानु पर्ने शर्मा बताउँन् ।

आज मध्यपूर्वमै बसेर जसले समस्या भोगिरहेको छ, उसले मात्र सबैको समस्या बुझ्ने हुँदा एक पटक एनआरएनए आइसीसी सचिव पदमा सहयोग गर्न उनले विश्वभरका एनआरएनहरुमाझ आग्रह गरेका छन् ।

एनआरएन अभियान भनेको नेपालबाहिर बसेका नेपालीहरुको अभियान हो । यो अभियानबाट नेपाल सरकार समक्ष नेपालीहरुका समस्या कहाँ–कहाँ छन् र समाधान के हो भनेर पहिचान गरेर बुझाउने एउटा सेतु पनि हो । आज विश्वमा विकसित राष्ट्रहरुको उदाहरण हे¥यौ भने गैरआवसीय नागरिकहरुले कति ठुलो योगदान पु¥याएकाछन् यी विभिन्न कुराहरुसँग सहकार्य गर्नको लागि एनआरएन अभियान आवश्यक भएको शर्माको ठम्याई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *