१० बुँदे प्रतिवद्धतासहित एनआरएनए अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा

news-details

यही अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्वसम्मेलन र नयाँ नेतृत्व चयनको निर्वाचनका लागि वर्तमान उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

बेलायतमा एक कार्यक्रमको आयोजना गर्दै आचार्यले १० वुदे प्रतिवद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिए पश्चात आफु उम्मेदवारी दिने निश्कर्षमा पुगेको आचार्यले बताए ।

आचार्यले उम्मेद्धारी घोषणासँगै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन् । जस अनुसार संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढ्ने, वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाई उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने लगायत समेटिएको छ ।

यस्तै आचार्यले एनआरएन नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने, भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्वोधनमा पहलकदमी भूमिका खेल्ने, विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने, नेपाल सरकारसँग दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने, ‘भिजन २०२० एण्ड वियोण्ड’ अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने, आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पुरयाउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने, पर्यटन बर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धन सम्वन्धि कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सवै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, लगायतका प्रतिवद्धता व्यक्त गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *