आर्थिक अनुशासन र पारदर्शिताका लागि एसी शेर्पाको उमेद्वारी

news-details

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ९ औ विश्व सम्मेलन तथा महाधिबेशमा आङ छिरी शेर्पा (एसी शेर्पा) ले सहकोषाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।

संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मुल्यांकन गरि आगामी कार्यकालमा अझ संस्थामार्फत सेवा पु¥याउनका लागि पूर्व अमेरिकाज क्षेत्रीय उपसंयोजक शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । संघमा सहकोषाध्यक्षमा रहेर ‘आर्थिक अनुशासन, पारदर्शिता र श्रोत विकासको लागि’ आफ्नो उमेद्वारी रहेको शेर्पाको प्रमुख एजेण्डा रहेको छ ।

गएनआरएनएको आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंको ह्यात रेजिन्सी होटलमा ९ औं विश्व सम्मेलन तथा महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । आफ्नो उम्मेदवारीबाट प्रष्ट पार्दै शेर्पाले भने–‘मेरो उम्मेदवारी एनआरएनएमा आर्थिक अनुशासन, पारदर्शिता र श्रोत बिकास भन्ने तीन प्रमुख एजेण्डा लिएर आएको छु ।’

सोलुखुम्बुका शेर्पा अमेरिकामा पर्यटन तथा ब्यबसाय गर्दै आएका छन् । अमेरिकामा मात्र नभएर क्यानाडा र नेपालमा ब्यबसाय गरिरहेका शेर्पा सफल व्यक्तिका रुपमा चिनिन्छन् । अमेरिकाको वासिङटन राज्य सियाटल क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत समेत रहेका शेर्पा एनआरएन अभियानका हृदयी र मनकारी व्यक्ति हुन् ।

नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका शेर्पाले गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराएर अर्को इतिहाँस बनाएका छन् । यसका साथै सेभेन समिट फाउण्डेशनका अध्यक्ष समेत रहेका शेर्पाले सोलुखुम्बु, सिन्धुपाल्चोक जिल्लामा थुप्रै सामाजिक बिकासका काममा योगदान गरिरहेका छन् ।

शेर्पा एनआरएनएको पदिय जिम्मेवारीमा २०१३–२०१५ कार्यकालमा अमेरिकाबाट आइसीसी सदस्य, २०१५–२०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक हुँदै आगामी कार्यकालका लागि सहकोषाध्यक्षका लागि उम्मेद्वार बनेका हुन् ।

एनआरएनको संस्थामा योजनाबद्ध रुपमा आर्थिक पाटो चलाउनु पर्छ जहाँ आम्दानी र खर्चमा अत्यन्तै अनुशाशित रुपमा चल्न आवश्यक रहेको शेर्पाको बुझाई छ । संकट र आपतकालिन अवस्था बाहेक हरेक प्रोजेक्टको लागि श्रोतको आधार अनुसार मात्रै काम सुरु गर्नुपर्ने र काम अनुसार मात्र खर्च गरिनुपर्ने शेर्पा बताउँछन् । अझ कोषको पनि ब्यबस्था गरेर त्यसलाई अनुशाशित रुपमा चलाउनु आजको आवश्यकता भएको शेर्पाको ठहर छ ।

शेर्पाले सस्थाको आर्थिक पाटो पारदर्शी हुनु पर्नेमा जोड दिदै संघको कोषाध्यक्षसँग मिलेर सफल कार्यकाल र शशक्त आर्थिक पाटो बनाउनका लागि नै सहकोषाध्यक्षको लागि उम्मेदवार हुने निर्णय गरेको बताएका छन् ।

एनआरएन अभियानमा तन,मन र धनले सदैव साथ दिइरहेका शेर्पालाई नेतृत्व तहमा ल्याउनै पर्ने आसय आम गैरआवासीय नेपालीहरुको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *