एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी भएका छन । संघको छैटौं अधिबेशनमा भएको निर्वाचनमा सुवेदी बिजयी भएका हुन ।

यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्षमा सोम तामाङ, सन्जिब राई र यदु लामिछाने, महासचिवमा बिमल सुवेदी, सचिवमा मनोज गौतम र राजकुमार स्याङ्ताङ, कोषाध्यक्षमा चन्द्र राना, सह कोषाध्यक्षमा सन्तोष खड्का र युवा संयोजकमा अरुण श्रेष्ठ निर्वाचित भएका छन ।

यस्तै आइसिसी सदस्यमा लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भए भने सदस्यहरु पनि निर्बिरोध चयन भए ।

एनआरएनए कोरियाको अधिवेशनमा भाग लिन एनआरएनए आइसिसि अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, मिडल इस्ट संयोजक आरके शर्मा, एसिया प्यासिफिक क्षेत्रका पूर्व सहसंयोजक रोविन्द श्रेष्ठ गोविन्द लगायत कोरिया पुगेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *