एनआरएनए अध्यक्षमा कुमार पन्तद्धारा औपचारिक उम्मेदवारी घोषणा, भन्छन–‘म सर्वसम्मत अध्यक्ष !’

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वर्तमान कार्यसमितिमा उपाध्यक्षसमेत रहेका पन्तले आफु सर्वसम्मत अध्यक्ष बन्ने दाविसहित उम्मेदवारी घोषणा गरेका हुन ।

संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशन यही असोज २८ देखि काठमाडौंमा सुरू हुँदैछ । यही अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ । आगामी नेतृत्वका लागि तयारीस्वरुप विश्वभरका राष्ट्रिय समन्वय परिषदमा पुगिरहेका पन्तले उम्मेदवारी घोषणा गर्दै आफु सर्वसम्मत हुने बताएका छन ।

अघिल्लो कार्यकालमा नै अध्यक्षको दावेदार रहेका पन्तले अन्तिम समयमा उपाध्यक्ष पद दोहो¥याउदै अध्यक्षमा भवन भट्टको नाममा सहमति जनाएका थिए । त्यतीबेला नै एनआरएनका अगुवाहरुबीच अर्कोपटक उनलाई अध्यक्ष बनाउने सहमति भएअनुसार उपाध्यक्षमै दोहोरिएकाले यसपटक आफु सर्वसम्मत हुने पन्तले घोषणासभा कार्यक्रममा बताए ।

पन्तले उम्मेदवारीको औपचारिक घोषणासभामा संघले थालेका विभिन्न परियोजनाहरुलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभरबाट पर्यटक नेपाल भित्र्याउने, सम्मानपूर्वक वैदेशिक रोजगारीको अवस्था बनाउने, एनआरएन नागरिकता र मताधिकारको अधिकारको विषय टुंग्याउने, लगानीमा योगदान पु¥याउनेलगायतका एजेण्डालाई प्राथमिकताका साथ उठाउने बताएका छन ।

एनआरएनए अभियानमा लामोसमयदेखि आवद्ध पन्त अघिल्लो कार्यकाल महासचिव थिए भने संघको विभिन्न समितिको संयोजकको भूमिका कुशलतापूर्वक निभाइसकेका छन ।

गोर्खाको फुजेलका स्थायी बासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसाय गरेर बसेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *