एनआरएनएको कोषमा उपाध्यक्ष कुमार पन्तले गरे १ करोड आर्थिक सहयोग

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको कोषमा संघका उपाध्यक्ष कुमार पन्तले १ करोड रुपैया आर्थिक सहयोग गरेका छन् । उपाध्यक्ष पन्त आगामी कार्यकालका लागि अध्यक्ष पदका दावेदारसमेत रहेका छन ।

संघले आफ्नो कोष बृद्धिका लागि अग्रजहरूसँग आर्थिक सहयोगको लागि आह्वान गरेकोमा उपाध्यक्ष पन्तले १ करोड सहयोग गरेको सचिवालय प्रमुख हेमन्त दवाडीले जानकारी दिए । संघका अन्य अग्रजहरूबाट पनि सहयोग रकम आउने क्रम जारी रहेको र थप सहयोग प्राप्त हुने अपेक्षा गरेको पनि दवाडीले बताए ।

पन्तले गरेको सहयोगप्रति संघका अध्यक्ष भवन भट्टले फेसबुकमार्फत आभार प्रकट गरेका छन ।

संघले कोष बृद्धिको योजनासहित आगामी सम्मेलनमा उम्मेवदारको मनोनयन दर्ता शुल्कसमेत दोब्बरले वृद्धि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *