एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजकमा मलेसियाबाट न्यौपानेको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्वका लागि मलेसियाबाट खगेन्द्र न्यौपानेले एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक (डिआरसी)मा उम्मेदवारी दिएका छन् । एनआरएनए एनसीसी मलेसियाको छैटौ अधिबेशनको अवसरमा न्यौपानेले क्षेत्रीय सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष न्यौपानेले क्षेत्रीय सहसंयोजक पदका लागि ९ बूँदे घोषणापत्र जारी गर्दै उम्मेदवारी दिएका हुन् । आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै न्यौपानेले भने –‘एनआरएनएको मर्म, भावना एवं उद्देश्य पुरा गर्नका लागि आगामी कार्यकालका लागि क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी दिने सगौरव घोषणा गर्दछु ।’

एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य हुदै अध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक निभाइसकेका न्यौपानेले क्षेत्रीय सहसंयोजकमा जाने निर्णय गरेका हुन् ।

उनले आफ्ना प्रतिवद्धतापत्रमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने, देशमा लगानी बढाउन पहल गर्ने, पहिलो, दोश्रो पुस्ता मात्र नभएर हरेक नेपालीलाई एनआरएन अभियान भित्र समेट्न, एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरुको सानो सानो पुजिको एकिकृत गरी लगानीको वातावरण बनाउन, एसिया प्यासिफिक क्षेत्रका एनआरएनहरुको क्षेत्रीय श्रमिक सरोकार केन्द्र स्थापना गर्ने, म्यानमार लुम्बिनी सीधा हवाईसेवाका लागि पहल गर्ने, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको २४ घण्टे बीमाका लागि पहल गर्र्नेलगायत उल्लेख गरेका छन् ।

त्यसैगरी न्यौपानेले सरकारी तवरबाट श्रम कुटनीतिका लागि पहल गर्ने, एक एनआरएन एक साथी नेपाल पठाउनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष न्यौपानेलाई एनआरएनए मलेसियाको नवनिर्वाचित कार्यसमितिले क्षेत्रीय उपसंयोजक उठाउने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष हरि भट्टराईले जानकारी दिए । उनले भने– ‘एनआरएनए मलेसियाले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा खगेन्द्र न्यौपानेलाई उठाउने निर्णय गरेको छ, यस क्षेत्रका सबै साथीहरुलाई उहाँलाई सर्वसम्मत बिजयी गराउनका लागि हामी हार्दिक अनुरोध गर्दछौ ।’

एनआरएन अभियानमा लागेपछि धेरै देशमा पुगिसकेका न्यौपाने सवै एनआरएनका सारथीका रुपमा चिनिन्छन् । उनको पक्षमा सर्वसम्मत बनाउनका लागि एनआरएन अगुवाहरु पनि जुट्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *