गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको छैटौ महाधिबेशन सम्पन्न भएको छ । आइतबार आयोजित महाधिबेशनको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए आइसीसीका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले संयुक्तरुपमा औपचारिक उद्घाटन गरेका थिए ।
उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथिसमेत रहेका राजदूत उदयराज पाण्डेले दुतावास एनआरएनए मलेसियासँग सहकार्य गरेर अघि बढन तत्पर रहेको बताएका थिए ।

एनआरएनए मलेसियाको छैटौं महाधिबेशन सम्पन्न, आइसीसी नेतृत्वका आकाक्षीहरुको बाक्लो जमघट

यस्तै एनआरएनए अध्यक्ष भवन भट्टले एनआरएनएको आगामी कार्यकालका लागि उम्मेदवार नहुने औपचारिक घोषणा गर्दै एनआरएनका हरेक अभियानमा भने आफु सक्रियपूर्वक सहभागी हुने बताएका थिए । उनले नेपाल भ्रमण बर्ष २०२०को सफलताका लागि एनआरएनएको पर्यटन सम्वन्धी टास्कफोर्सको चेयर गर्न भने आफु तयार रहेको पनि बताएका थिए ।

एनआरएनए मलेसियाको छैटौं महाधिबेशन सम्पन्न, आइसीसी नेतृत्वका आकाक्षीहरुको बाक्लो जमघट

कार्यक्रममा विभिन्न मुलुकबाट अतिथिकारुपमा सहभागी हुन आएका एनआरएनहरुले अधिबेशन सफलताको शुभकामना दिएका थिए भने आइसीसीको नेतृत्वमा जान चाहनेहरुले अधिवेशन सफलताको शुभकामनासहित आ–आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै सहयोगको अपिल गरेका थिए ।

एनआरएनए मलेसियाको छैटौं महाधिबेशन सम्पन्न, आइसीसी नेतृत्वका आकाक्षीहरुको बाक्लो जमघट

सो क्रममा आइसीसीको अध्यक्ष पदका लागि यसअघिनै चर्चामा आइसकेका वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले आफु नेतृत्वका लागि तयार रहेको धारणा राखेका थिए । यस्तै उपाध्यक्षका दावेदार अष्ट्रेलियाका धर्मराज अधिकारी र मन केसी पनि आ आफ्नो धारणा राख्दै सहयोगका लागि अपिल गरेका थिए ।

यस्तै महासचिव पदका दावेदार रहेका वर्तमान आइसीसी सचिव डिबी क्षेत्रीले अप्रत्यक्षरुपमा आफु उक्त पदका लागि तयारीसहित अघि बढिरहेको संकेत गरेका थिए भने अमेरीकाबाट केशव पौडेल र जानकी गुरुङले पनि महासचिव पदमै दावेदारी गरिरहेका छन ।

एनआरएनए मलेसियाको छैटौं महाधिबेशन सम्पन्न, आइसीसी नेतृत्वका आकाक्षीहरुको बाक्लो जमघट

वर्तमान मध्यपूर्व क्षेत्रीय संयोजक आरके शर्माले सचिव पदको लागी उम्मेदवारी घोषणा गरिरहदा जापानका सुदन थापाले कोषाध्यक्षमा, अष्ट्रेलियाका स्वतन्त्र प्रताप शाह र सुदिप कार्कीले युवा संयोजकमा, गोविन्द श्रेष्ठ रोविन्द र ओम गुरुङले एसिया प्यासिफिक संयोजकमा तथा मनोज गोर्खालीले मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी रहने जानकारी गराउदै सहयोगको आग्रह गरेका थिए ।

एनआरएनए मलेसियाको छैटौं महाधिबेशन सम्पन्न, आइसीसी नेतृत्वका आकाक्षीहरुको बाक्लो जमघट

औपचारिक कार्यक्रमसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश एनआरएनए मलेसियाको अधिवेशन अन्य मुलुकका एनआरएन अगुवाहरु तथा आइसीसी नेतृत्वमा जान चाहनेहरुको बृहत सहभागिताका कारण क्षेत्रीय भेला जस्तै देखिएको छ । आजै साझ अधिवेशनमा तिज विशेष कार्यक्रम पनि आयोजना गरिएको आयोजकले जानकारी दिएका छन ।