एनआरएनए पोर्चुगलमा गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

news-details

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सातौँ राष्ट्रिय अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि तिलकप्रसाद गैरेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार सम्पन्न भएको निर्वाचनबाट ईश्वर रिजाललाई पराजित गर्दै गैरे अध्यक्ष पदमा निर्वाचित भएका हुन । सर्वसम्मत नेतृत्वका लागि सहमति जुट्न नसकेपछि गैरे र रिजालको छुट्टाछुट्टै प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा, उपाध्यक्षमा अशोक गुरुङ र मच्छिन्द्र अर्याल, महासचिवमा हेमराज सुवेदी, कोषाध्यक्षमा विक्रमजङ्ग कुँवर निर्वाचित भए ।

मतपरिणामअनुसार युवा संयोजकमा लोकतान्त्रिकका दिनेश भण्डारी निर्वाचित भए भने दुई आईसीसी सदस्यमा नारायणकाजी मगर र रविन अधिकारी निर्वाचित भएका छन ।।

सर्वसम्मत नेतृत्वका लागि सहमति जुट्न नसकेपछि नौ पदका लागि चुनावी प्रतिस्पर्धा भएकोमा महासचिववाहेक सबैपदमा गैरै समूहका उम्मेदवार बिजयी भएका थिए । कूल दुई हजार १२८ सदस्य रहेको सङ्घमा एक हजार ४७२ मत खसेको थियो ।

निर्वाचन समितिका संयोजक अशोक घिमिरेका अनुसार एक महिला उपाध्यक्ष, दुई सचिव, एक महिला संयोजक, एक सह–कोषाध्यक्ष र १५ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्विरोध निर्वाचित हुनेमा महिला उपाध्यक्षमा सीता श्रेष्ठ, दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल, सह–कोषाध्यक्षमा तिलक कँडेल र महिला संयोजकमा सुशीला थापा रहेका छन ।

यस्तै निर्विरोध निर्वाचित सदस्यहरुमा सुमन शर्मा चम्लागाईं, राजनप्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सविन धिताल, दिलबहादुर परियार, सन्तोष नेपाली र गणेश दत्त शर्मा रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *