एनआरएनए कतारमा ‘मुक्तदा समूह’ भारि मतान्तरले बिजयी

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारकोे शुक्रबार सम्पन्न निर्वाचनमा मोहमद मुक्तदा मुसलमान बिजयी भएका छन । मुक्तदाले आफ्ना निकटतम प्रतिस्पर्धी तेज कटुवाललाई ९ सय ४० मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । निर्वाचनमा मुक्तदाले २ हजार ६६ मत प्राप्त गरेका थिए भने कटुवालले १ हजार १ सय २६ मत प्राप्त गरेका थिए ।

नयाँ नेतृत्व चयनका लागि मुक्तदा र कटुवालले आआफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए । निर्वाचन सम्पन्न भएलगत्तै पहिलो चरणमा पदाधिकारीहरुको मतगणणा भएकोमा मुक्तदाको प्यानलै भारि मतान्तरले निर्वाचित भएको छ भने सदस्यहरुको मतगणणा भैरहेकोमा त्यसमा पनि मुसलमान प्यानलका सदस्यहरु भारि मतले अघि रहेको जनाइएको छ ।

यसैगरी प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्वितीय उपाध्यक्षमा टंक कुमार खड्का, महासचिवमा पदम गिरी, सचिवमा अपसर अलि खान र नेत्र भुजेल, कोषाध्यक्षमा विनोद प्रसाद बसौला र सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन् ।

त्यस्तै आईसीसी सदस्यमा केबी हमाल, रमेश भट्ट, होमनाथ शर्मा र युवराज शर्मा बिजयी भएका छन् भने युवा संयोजकमा रविन मगर विजयी भएका छन् । यसअघि नै महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री निर्विरोध चयन भएका थिए । विजयी हुने सबै मुक्तदा समूहकै उम्मेदवार हुन्।

निर्वाचन दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *