एनआरएनए आइसीसी उपाध्यक्षमा ओसियाना संयोजक अधिकारीको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी कार्यकालमा एनआरएनए आइसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताएका छन् ।

एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने विषयलाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि आफूले उम्मेदवारी दिने निर्णय गरेको अधिकारीले बताएका छन् ।

अष्ट्रेलियामा पत्रकारहरूसँग आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम गर्दै अधिकारीले भने –‘हामीले विदेशमा बसेर नाम, दाम कयौं होला तर मातृभूमिप्रतिको दायित्वले सदैव हामीलाई चिमोटिरहन्छ । हामीलाई थाहा छ मातृभूमिको सेवाबाट मात्र हाम्रो मनलाई पूर्ण सन्तुष्टि प्राप्त हुन्छ । यसैकारण हामीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षतालाई नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं । हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं ।’

साथै अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने योजना रहेको बताएका छन् ।

अष्ट्रेलियामा विगत लामो समयदेखि बसोबास गर्दै, व्यवसाय गर्दै आएका अधिकारीले क्षेत्रीय संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेपछि अझै विदेशमा रहेका नेपालीहरुको आवाजलाई देशसम्म र नेपालको सम्बृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेद्वारी दिने आकांक्षा राखेको जानकारी दिए ।

अधिकारीले क्षेत्रीय संयोजक भई सिड्नीमा ओसेनिया क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । नेपालमा लगानीको अवसर र एनआरएनको सहभागिता विषयमा अन्तरक्रिया समेत गरिएको क्षेत्रीय बैठक सफल बनेको थियो । क्षेत्रीय संयोजक अधिकारीले कुनै लहडमा आफु उम्मेद्वार बनेको नभई एनआरएनको अन्तर्रा्ष्ट्रिय अभियानमा अष्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न अघि बढेको बताए ।

उनले भने –‘पछिल्लो समय क्षेत्रीय संयोजक भएर काम गरिरहँदा विश्वभर रहेका साथीभाईले दिनुभएको साथ, सहयोग र उत्साहले मलाई अघि बढ्न प्रेरित गरेको हो ।’ गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा विश्व सम्मेलन हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *