गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले युवा जोससहितको नयाँ कार्यसमिति चयन गरेको छ । टोरोन्टोमा सम्पन्न संघको १२ औ अधिवेशनले अध्यक्षमा चिरञ्जिवि घिमिरे र महासचिवमा पिताम्बर भट्टराईसहित १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

नबगठित कार्यसमितिको उपाध्यक्षमा हेमन्त थापा, अर्जुन बिश्वकर्मा र बिजय पौडेल, महासचिवमा पिताम्वर भट्टराई, सचिवमा फडिन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सरोज भट्टराई चयन भए भने प्रबक्तामा दिनेश (नेत्र) खतिवडा चुनीएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा अनन्त आचार्य, देबेन्द्र सुवेदी, तुलासिंह भट्टचन, सुसील दोरगां र शरद शेरचन चयन भएका छन् ।

एनआरएनए क्यानाडामा युवा जोससहितको नयाँ कार्यसमिति चयन, अध्यक्षमा घिमिरे र महासचिवमा भट्टराई

दोश्रो पुस्ताका युवाहरुको बाहुल्यता रहेको नवगठित कार्यसमितिले खादा, भाषणबाजीजस्ता पुरातनवादी परम्पराको अन्त्य गर्दै अब आफुहरु सशक्त ढंगमा काममा केन्द्रित हुने जनाएको छ ।

नयाँ कार्यसमिति गठन भएलगत्तै बसेको पहिलो बैठकले ईश्वर खत्रीलाई युवा बिभाग, सुजाता गुरुङलाई महिला बिभाग, सन्तोष बराल र रबिन्द्र घिसिङलाई मनोनित समेत गरि जिम्मेवारी समेत तोकेको छ भने आइसीसी सदस्यमा तुलसी सापकोटा र गोपिकृष्ण काफ्लेलाई मनोनित गरेको छ ।

एनआरएनए क्यानाडामा युवा जोससहितको नयाँ कार्यसमिति चयन, अध्यक्षमा घिमिरे र महासचिवमा भट्टराई

क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कन्सुलर जर्नल कुन्जर शर्मा, एनआरएनएका केन्द्रिय उपाध्यक्ष कूल आचार्य, डिआरसी नबिन शेरचन, केशव पौडेल, गौरी जोशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।