एनआरएनए क्यानाडामा युवा जोससहितको नयाँ कार्यसमिति चयन, अध्यक्षमा घिमिरे र महासचिवमा भट्टराई

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले युवा जोससहितको नयाँ कार्यसमिति चयन गरेको छ । टोरोन्टोमा सम्पन्न संघको १२ औ अधिवेशनले अध्यक्षमा चिरञ्जिवि घिमिरे र महासचिवमा पिताम्बर भट्टराईसहित १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

नबगठित कार्यसमितिको उपाध्यक्षमा हेमन्त थापा, अर्जुन बिश्वकर्मा र बिजय पौडेल, महासचिवमा पिताम्वर भट्टराई, सचिवमा फडिन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सरोज भट्टराई चयन भए भने प्रबक्तामा दिनेश (नेत्र) खतिवडा चुनीएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा अनन्त आचार्य, देबेन्द्र सुवेदी, तुलासिंह भट्टचन, सुसील दोरगां र शरद शेरचन चयन भएका छन् ।

दोश्रो पुस्ताका युवाहरुको बाहुल्यता रहेको नवगठित कार्यसमितिले खादा, भाषणबाजीजस्ता पुरातनवादी परम्पराको अन्त्य गर्दै अब आफुहरु सशक्त ढंगमा काममा केन्द्रित हुने जनाएको छ ।

नयाँ कार्यसमिति गठन भएलगत्तै बसेको पहिलो बैठकले ईश्वर खत्रीलाई युवा बिभाग, सुजाता गुरुङलाई महिला बिभाग, सन्तोष बराल र रबिन्द्र घिसिङलाई मनोनित समेत गरि जिम्मेवारी समेत तोकेको छ भने आइसीसी सदस्यमा तुलसी सापकोटा र गोपिकृष्ण काफ्लेलाई मनोनित गरेको छ ।

क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कन्सुलर जर्नल कुन्जर शर्मा, एनआरएनएका केन्द्रिय उपाध्यक्ष कूल आचार्य, डिआरसी नबिन शेरचन, केशव पौडेल, गौरी जोशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *