एनआरएनए मलेशियाले चुन्यो निर्विरोध कार्यसमिति, अध्यक्षमा हरि भट्टराई चयन

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाले हरि भट्टराईको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको छ । संघको हालसालै सम्पन्न छैटौ अधिवेशनले सिंगो कार्यसमितिसँगै आइसीसी सदस्यमा महेन्द्र जंग शाह र टेक बहादुर टमोटालाई सर्वसम्मतले चयन गरेको हो ।

आगामी कार्यकालका नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुन्दर आले, उपाध्यक्षमा ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्षमा सुभद्रा लिङ्गदेन, महासचिवमा हेमराज सापकोटा, सचिवमा रन्जित छेत्री र नेत्र केसी, कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा रबिलाल अधिकारी चयन भए ।

यस्तै सदस्यहरुमा गोविन्द साउद, दिलकुमार केरुङ, मछिन्द्र नाथ चापागाई, ईन्द्र नारायण लिम्बु, कृष्णबहादुर बस्नेत, पासाङ लामा, अनिल कुमार चौधरी, हरि प्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, विनोद बहादुर थापा, सन्तोष प्रकाश रिजाल, इन्द्र बहादुर कुँवर, सन्तोष कार्की, केशवकान्त झा, अरुण गिरी, विनोद पाण्डे, माधव प्रसाद भुसाल, बिमल कुमार राना र योगेन्द्र कोइराला सर्वसम्मतीले चयन भए ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले आफुसहितको सिंगो कार्यसमितिलाई सर्वसम्मत चयन गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै अग्रजहरुको सल्लाह र मलेसियामा रहेका सम्पूर्ण नेपालीहरुको भावना अनुरुप आफु अघि बढने बताए ।

मलेसियामा रहेका नेपालीहरुको हक, अधिकार र समस्या समाधानमा आफु सधैव प्रतिवद्ध भएर लाग्ने र सहायताका लागि अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता अनुसार आफैबाट उक्त कार्यको सुरु गर्ने बताउदै भट्टराइले उनले एनआरएनए एनसीसी मलेसियालाई अझ मजबुद बनाउदै आफ्नै कार्यालय स्थापनादेखि लिएर संगठन विस्तार र आइसीसीसँगको समन्वयलाई अझै प्रभावकारी बनाउदै लैजाने पनि बताए ।

सर्वसम्मत नेतृत्व चयनमा बर्तमान अध्यक्ष खगेन्द्र न्यौपाने, कार्यसमिति, सल्लाहकार र अग्रज एनआरएनहरुले विशेष भूमिका खेलेका थिए । मलेसियामा एनआरएनको चुनाव गराउन प्राय असम्भव भइरहेको अवस्थामा सर्बसम्मत नेतृत्व चयन गरेर आफुमा मात्र नभएर विश्वका एनआरएनहरुमा राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *