शर्माको आइसीसी सदस्यमा उम्मेदवारीसँगै बढ्यो माहोल

news-details

गैरआवासीय नेपाली संघ कतारको ८ औ अधिवेशनले छान्ने नयाँ नेतृत्वमा युवराज शर्माले आइसीसी सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एनआरएन कतारमा सचिव रहेका शर्मा एनआरएन भित्र बौधिक र सफल मानिन्छन् ।

आगामी कार्यकालका लागि एनआरएन कतारले ४ जना आइसीसी सदस्य पाउने भएता पनि ७ जनाको उम्मेदवारी परेको छ । एनआरएन कतारले ४ हजार भन्दा बढि अहिलेसम्मकै धेरै पञ्जिकृत सदस्य बनाउन सफल भएको छ ।

शर्माको आइसीसी सदस्यमा उम्मेदवारी दर्तासँगै उनको पक्षमा माहोल तातेको छ । एक दशकदेखि कतारलाई आफ्नो कर्मभुमी बनाइरहेका शर्मा कतारमा रहेका धेरै नेपालीका शुखदुखका साथी हुन् ।

कतारको नेपाली समुदायमा बिभिन्न सामाजिक संस्थामा रही निरन्तर सामाजिक सेवामा सक्रिय चितवन भरतपुर महानगरपालिका शर्माले सामाजिक समस्या पहिचान तथा, जनचेतनाका लागि एनसिसि कतार र आइसिसी सगँ समन्वय गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

विगतका दिनमा एनआरएनए कतारको विभिन्न उपसमितिमा रहेर नेपाली समाजप्रति सकारात्मक काम गर्दै आइरहेका शर्मा एनआरएनलाई नैतिक, आर्थिक र शारिरिक रुपमा सहयोग गरिरहेका छन् ।

शर्माले सामाजिक संघसंगठनमा लाग्नको लागि निरन्तर साथ सहयोग र हौसला प्रदान गर्ने प्रति आभार व्यक्त गर्दै आगामी दिन सबैको साथ र समर्थन खोजेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *