एनआरएनए कतारको महासचिवमा गिरीको चर्चा

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशन मार्फत महासचिव पदमा उम्मेदवारी दिएका पदम गिरीको चर्चा चुलिएको छ । उनीसँगै महासचिव पदमा माया केसीले उम्मेदवारी दिएकी छिन् ।

कतारमा केही समययता कार्यरत रहेका सामाजिक कार्यमा सकृय गिरीले आफ्नो सामाजिक संस्थाको अनुभवका आधारमा एनआरएन कतारको महासचिव पदमा रहि काम गर्न आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।

तनहुँ सेवा समाज कतारको वर्तमान महासचिव तथा दशमि समाज कतारका शाखाका बरिष्ठ उपाध्यक्ष गिरीले एनआरएन कतारको २०१९–२०२१ कार्यकालमा सबै अग्रज तथा साथीभाईको सल्लाह अनुसार महासचिव पदमा उम्मेदवारी दिएको रोजगार मञ्चलाई जानकारी दिएका छन् ।

विगत लामो समयदेखि कतारमा आफ्नो रोजगारी सगैे कतारमा स्थापित नेपाली समाजको तर्फवाट आफुले समाजिक कार्यहरुमा रचनात्मक सहभागि र समाजप्रति वर्कतले भ्याएसम्म समपर्ण रहेदै आइरहेको जनाउदै कतारमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि नेपाली नियोग, नेपाल सरकारसंग समन्वय गरेर सुख दुखको साझेदारी भएर काम गर्ने बताएका छन् ।

एनआरएनलाई श्रमिक मैत्री बनाउनका लागि नेतृत्व विकाशलाई प्रभाकारी बनाउन आवश्यकता रहेको बताउदै कतारमा रहेका सयौ नेपाली संघसस्थाहरु सगँ हातेमालो गर्दै अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *