सचिव पदमा युवा उद्यमी तथा समाजसेवी अफसर अलि खानको बलियो दावेदारी

news-details

कतारमा हुन गईरहेको गैर आवासिय नेपाली संघ कतार (एनआरएन एनसीसी ) २०१९–२०२१ का लागि हुन गई रहेको निर्वाचनमा सचिव पद्मा उम्मेद्वारी दिनु भएका बहुप्रतिभाशाली युवा समाजसेवी अफसर अलि खान बलियो दावेदारीसहित आएका छन ।

प्रचार प्रसारमा र लामो कतार बसाईका क्रममा गरेको सामाजिक कामको मूल्याकंनको आधारमा सचिव पदमा उनी बलियो उम्मेदवारकारुपमा देखिएका छन । खानको लोकप्रियता अन्य उम्मेद्वार भन्दा बढी छ । खान बिगत नौ बर्षदेखि कतारमा बस्दै आएका र कतारमा रहेका नेपालीहरुको सुख दुःखमा साथ दिदै आएकाछन् । व्यक्तिगत रुपमा कतारमा रहेका नेपालीको समस्यालाई समाधान गर्दे आएका खानले नेपालीको समस्यालाई संस्थागत रुपमा सामाधान गर्नको लागि आफूले उम्मेद्वारी दिएको बताएका छन् ।

उनले कतारमा रहेका नेपालीहरुको व्यवसायीक एकता, सद्भाव र त्यहाँ गएका नेपालीहरुको रोजगारी र समस्या सामधान गर्नको लागि सचिव पद्मा उम्मेद्वारी दिएको प्रष्ट पारेकाछन् । खानलाई व्यवसायीक कुशल नेतृत्व गर्न सक्ने व्यक्तित्वको रुपमा कतारमा चिनिन्छ । ठुलो, सानो, धनि, गरीव नभनी उनी भेद्भावरहित व्यवहार गर्न मन पराउछन् ।

सरल स्वभावका खानले आफूले नेतृत्व पाए संगै कतारमा रहेका नेपाली श्रमिकहरुको हित र संगठन बिस्तारलाई मजबुत बनाउने संकल्प लिएकाछन् । कतारमा श्रमकालागि पुगेका नेपालीहरुको अहिलेको अवसथाबाट पार लगाउन पनि आफूले उम्मेद्वारी दिएको र आफू बिजयी हुने दावीसमेत गरेकाछन् ।

कतारमा रहेका नेपालीहरुको शिक्षा, स्वास्थ्य र गुणस्तरीय रोजगारीको लागि पहल गर्ने उनको भनाई छ । नौ बर्षको कतार बसाईमा उनले कतारका बिभिन्न संघ, संस्थासंग मिलेर बिभिन्न रचनात्मक काम गरी सकेकाछन् ।

उनले कतारमा नेपालीहरुले सिकेको सिपलाई नेपाल केन्द्रीत गर्ने र श्रमिकहरु ज्याला बृद्धिलगायतका बिषयमासमेत पहल गर्ने उद्घोष समेत गरेका छन् । कतारमा आगामि अगस्ट २३ तारिखमा गैर आवासिय नेपाली संघ कतारको निर्वाचन हुदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *