एनआरएनए नेतृत्व : पन्त र आचार्यलाई कस-कसको साथ !

news-details

एनआरएनएको विश्व सम्मेलन नजिकिदै जाँदा नयाँ नेतृत्वका आकाक्षीहरु एनआरएनए एनसीसीको अधिबेशनमा भ्याएसम्म पुगिरहेका छन् । अझ अहिले इटालीको रोममा भइरहेको यूरोप क्षेत्रीय बैठकमा नपुग्ने त कुरै भएन । अहिले अधिकांश एनआरएनहरुको जमघट रोममा भइराख्दा एनआरएनका मुद्धा र एजेण्डा भन्दा पनि नयाँ नेतृत्वको सरगर्मी र कोठे बैठकले महत्व पाएको छ । जसले गर्दा आफु र आफुले चाहेको नेतृत्व ल्याउन चलखेल भइरहेका छन् । नेतृत्वका आकाक्षी पनि ठूलो रुखको सितल लिन खोजिरहेका छन् । तर, उनीहरुको छत्रछायाँ चै कता पर्ने हो अड्कलबाजी हुन थालेको छ ।

यद्यपी एनआरएनएका अध्यक्ष भवन भट्टले गएको बिहीबार राति फेसबुक सन्देश मार्फत दोश्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेसँगै एनआरएन बृतमा नयाँ तरङ्ग पैदा भएको हो ।

एनआरएनएका उपाध्यक्ष कुमार पन्तले नेतृत्व दावी गरिरहेको अवस्थामा यूकेबाट अर्का उपाध्यक्ष कुल आचार्यले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेपछि माहोल परिवर्तन भएको छ । आगामी अक्टोबरमा हुने नवौं विश्व सम्मेलनबाट चयन गरिने नयाँ नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका उपाध्यक्षद्वय पन्त र आचार्य एउटै क्षेत्रका हुन् । दोश्रो कार्यकालका लागि अध्यक्ष भट्टले दोहो¥याउने चर्चा चलिरहँदा उनी एक्कासी फेसबुक सन्देश मार्फत किन पछि हट्न बाध्य भए अर्थात कहाँबाट पछि हटन उनलाई दबाब आयो एनआरएनबृतमा अड्कल बाजी चल्न थालेको छ ।

अध्यक्ष भट्टले मध्यरातमा फेसबुक लाइभ गरेर आफ्नो फेस चै नदेखाई लरबरिएको स्वरमा सन्देश दिन किन हतारो गरे ? सामान्य कार्यक्रम हुँदा समेत तयारीसहित पत्रकार सम्मेलन गर्ने भट्टले आफ्नो  यति महत्वपूर्ण निर्णय सुनाउन किन अपर्झट मध्यरात नै रोजे ? त्यो पनि अनुहार नदेखाई ? प्रश्न बजारमा प्रसस्त आउन थालेका छन् ।

अध्यक्ष भट्टले आफ्ना केही काम पुरा गर्ने चाह राखिरहँदा एक्कासी यस्तो सन्देश आउँदा अन्य प्रतिस्पर्धीहरुलाई भने बाटो खुल्ला भएको छ । आगामी कार्यकालमा प्रमुख संरक्षक पद बार्गेनिङ्ग गर्न भट्टले चाँडै मार्ग प्रसस्त गरेका त होइनन् भन्ने आंकलन पनि बजारमा आउन थालेका छन् । अघिल्लो कार्यकालमा उनले शेष घलेलाई उक्त पद दिएका थिएनन्, त्यही डरले चलाखी गरेका त होइनन !

‘भवनजीले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्नुभएको छ । तीन वटा मुख्य परियोजनाहरु लाप्राकको बस्ती निर्माण, एनआरएनए भवन, शंकमूल पार्क लगायतका अरु थुप्रै उल्लेखनीय काम गरिसकेपछि उहाँले पहिलेको अन्डरस्टाण्डिङ भुल्नु भएन’ अध्यक्षका दावेदार कुमार पन्तले भने–‘ भवनजीले मलाई अध्यक्ष बनाउँछु भन्नु भएको छ ।’ अनौपचारिक कार्यक्रममा भवन र पन्त मामा भाञ्जाको साइनो लगाउने गर्दछन् ।

अहिले नेतृत्वका आकाक्षी देखिएका पन्त, आर्चाय वा अरु कसैलाई आफ्नो समर्थन रहेको भट्टले बताएका छैनन तर उनले कुमारलाई साथ दिन्छन् भनेर विश्वास गर्न नसकिने मध्यपूर्वमा रहेका एक एनआरएन अगुवाले बताए । उनले भने–‘पन्तलाई पूर्व अध्यक्ष जीवा लामिछानेले खुलेर साथ दिएका छन, तर अध्यक्ष भट्ट लामिछानेको साथलाई पटक्कै मन पराउँदैनन्’ एनआरएनएको तीन बर्षे कार्यकाल बनाउन विधान संशोधन गराउने विषयमा पनि लामिछाने र भट्टबीच ठूलै मतभेद रहेको थियो ती अगुवाले भने।

भट्ट बचनको पक्का भएको भएको भन्दै अघिल्लो कार्यकालमा भएको सहमतिअनुसार आफूलाई सहयोग रहने विश्वास पन्तको छ । भट्टले विभिन्न भेटहरुमा आफूलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आएको पन्तको दावी छ तर अर्का अध्यक्षका दावेदार आचार्य सबैको साथ आफुलाई भएको बताउँछन् ।

पन्त अघिल्लो कार्यकालमै अध्यक्ष पदका दाबेदार रहेका थिए । तर भट्टसँग भएको सहमति अनुसार उनले पुनः उपाध्यक्षमा चित्त बुझाउँदै भट्टलाई अध्यक्षमा सघाएका थिए । त्यतिबेला भट्टले अर्को कार्यकालका लागि पन्तलाई सघाउने समझदारी भएको एनआरएनभित्र चर्चा छ । जुन कुरालाई पन्तले समेत स्वीकार गर्दै आएका छन् । तर, भट्टले आजसम्म पनि उक्त सहमतिको कुरा खुलेर बाहिर ल्याएका छैनन् ।

यता भट्टले कसलाई समर्थन गर्ने भन्नेबारे केही खुलाएका छैनन् । यद्यपि अबको नेतृत्व संस्थालाई गति दिन सक्ने बलियो होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाई छ ।

यता एनआरएनए युकेको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका आचार्य एनआरएनए युकेको कार्यसमितिको सदस्य, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेबारी सम्हालिसकेका छन । यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै आठौ महाधिवेशनबाट केन्द्रिय उपाध्यक्ष पदमा आचार्य निबार्चित भएका थिए।

‘एनआरएन अभियानमा मैले हासिल गरेको अनुभवको आधारमा अग्रज, सहयात्री साथिहरुसँग सरसल्लाह गरेर नै संघको केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु’ आचार्यले भनेका छन् ।

आचार्यले अध्यक्ष पदका लागि चुनावी मैदानबाट पछि नहट्ने बताएका छन् । ‘जुन पदमा अगाडि बढ्छु भनेर घोषणा गरेको छु,त्यसैमा लड्छु, म पछि हटेको ईतिहास नै छैन,’ आचार्यले थपे ।

आचार्य नेपाली कांग्रेस निकट मानिन्छन् भने पन्त नेपाल कम्युनिस्ट पार्टी निकट हुन् । एनआरएनएलाई स्वतन्त्र, गैरनाफामुलुक र गैरराजनीतिक संस्था भनिए पनि अन्तर्राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रभावले ठूलो महत्व राख्दै आएको छ ।

अझ राजनीतिका अलावा एनआरएनका अग्रज  उपेन्द्र महतो, शेष घले, टिबी कार्कीको समर्थन कता हुन्छ भन्नेले पनि अर्थ राख्छ । जीवा र टिबी खुलेर पन्तको पक्षमा उभिएका भएता पनि डा. महतो, घले र अध्यक्ष भट्टको गोटी कता रहन्छ खुलेर बाहिर आउन सकेको छैन ।

अन्य पदका आकाक्षी, जसको चर्चा छ


उपाध्यक्ष पदका आकांक्षी
डा.बद्री केसी , सोनाम लामा, धर्मराज अधिकारी, नरेन्द्र भाट, अर्जुन श्रेष्ठ, हिक्मत थापा

महिला उपाध्यक्ष:
 सपिला राजभण्डारी, रविना थापा

महासचिव:
डिबी क्षेत्री, हेमराज शर्मा, जानकी गुरुङ

सचिव:

आरके शर्मा, शिब बरुवाल, गौरी जोशी

कोषाध्यक्ष:
महेश श्रेष्ठ, सोम सापकोटा

सह-कोषाध्यक्ष:
एसी शेर्पा, लोकप्रसाद दाहाल

युवा संयोजक
सुदिप कार्की,स्वतन्त्र प्रताप शाह

महिला संयोजक

जुनु गुरुङ, एसमिन बेगम सैयद, रजनी श्रेष्ठ

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *