गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको महासचिव पदको लागि लोकमाया क्षेत्री ‘माया केसी’ ले उम्मेदवारी दर्ता गराएकी छिन् । उनी सबैभन्दा बलियो उम्मेदवार हुन् ।

एनआरएन कतारको २०१७–१९ कार्यकालको युवा संयोजक केसी कतारमा व्यवसायीका रुपमा कार्यरत छिन् । विभिन्न संघसंस्थाका आवद्ध केसी सामाजिक काममा सक्रिय हुँदै आएकी छिन् ।

एनआरएनए कतारको आठौँ राष्ट्रिय महाधिवेशन आउँदो २३ अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन ३० अगष्टमा हुँदैछ । कतारमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको औल्याएकी छिन् ।

‘वैदेशिक रोजगारीका लागि कतारमा आएका नेपाली कामदारका समस्या न्यूनीकरण र सम्भावित समस्यालाई निराकरण गर्न प्रयत्न गर्नेछु । ’ उनले आफ्नो प्रतिवद्धता जनाएकी छिन् ।

एनआरएन कतारको महासचिवमा केसीको उम्मेदवारी दर्ता

केसीले कतारको सरकारी संयन्त्रमा नेपाली समुदायको समन्वय बढाउनुका साथै अन्य देशका समुदायसँग पनि नेपाली समुदायलाई नजिकको सम्बन्ध स्थापित गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

केसीले जारी गरेकोे चुनावी घोषणा पत्रमा मर्यादित वैदेशिक रोजगार, युवा र महिलाको सशक्तिकरण र प्रवासमा नेपाली संस्कृतिको संरक्षण लगायतका एजेण्डाहरू प्राथामिकतामा छन् ।

एनआरएनएका अग्रज अभियन्ताहरू र साथीहरूसँगको परामर्शमा महासचिव पदमा उम्मेदवारी दिएको उनले बताइन् । ‘आफ्नो क्षमताले भ्याएसम्म समाजको हरेक क्षेत्रका हितमा काम गर्ने आत्मबल बढेको छ,यसको श्रेय पूर्णरुपमा यही समाजलाई दिन चाहन्छु । ’केसीले भनेकी छिन् ।

गिरीको पनि महासचिव पदमा उम्मेदवारी

एनआरएन कतारको महासचिव पदका लागि पदम गिरीले पनि उम्मेदवारी दर्ता गराएका छन् । कतारमा केही समययता कार्यरत रहेका सामाजिक कार्यमा सकृय गिरीले आफ्नो सामाजिक संस्थाको अनुभवका आधारमा एनआरएन कतारको महासचिव पदमा रहि काम गर्न इच्छुक रहेको बताए ।

एनआरएन कतारको महासचिवमा केसीको उम्मेदवारी दर्ता

तनहुँ सेवा समाज कतारको वर्तमान महासचिव तथा दशनमिसमाज कतारका शाखाका बरिष्ठ उपाध्यक्ष गिरीले एनआरएन कतारको आसन्न महाधिवेशन २०१९–२०२१ कार्यकालमा महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

विगत लामो समयदेखि कतारमा आफ्नो रोजगारी सगैे कतारमा स्थापित नेपाली समाजको तर्फवाट आफुले समाजिक कार्यहरुमा रचनात्मक सहभागि र समाजप्रति वर्कतले भ्याएसम्म समपर्ण रहेदै आइरहेको जनाउदै कतारमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि नेपाली नियोगसंग परामर्स गर्दे उनीहरुको सुख दुखको साझेदारी भएर काम गर्ने बताए ।

एनआरएन कतारको महासचिवमा केसीको उम्मेदवारी दर्ता

उनले थपे संस्थालाई श्रमिक मैत्री बनाउनका लागी नेतृत्व विकाशलाई प्रभाकारी बनाउन आवश्यकता रहेको बताउदै कतारमा रहेका सयौ नेपाली संघसस्थाहरु सगँ हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

महासचिव एक पदका लागि केसी र गिरीबीच निर्वाचन नै हुने पक्का देखिएको छ ।