गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको नयाँ नेतृत्वका लागि मुक्तदा मुसलमानले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

कतारमा लामो समयदेखि ब्यबसायसंगै सामाजिक सेवामा सक्रिय रहेका मुसलमानले कतारमा आयोजित एक कार्यक्रमकाबीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

मुसलमान एनआरएनए एनसीसी कतारको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

एनआरएनए एनसीसी कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी घोषणा (प्रतिबद्धतापत्रसहित )

उम्मेदवारी घोषणा कार्यक्रममा गैरआवासीय नेपाली संघका पुर्व उपाध्यक्ष एव मानार्थ सदस्य टिबि कार्की, गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कमलमणि गुरागाइ, एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनीकुमार वली, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका सहमहामन्त्री केदार भुसाल, नेपाली समाज कतारको अध्यक्ष देव परियार, प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष रामहरि गैह्रे, प्रवासी नेपाली मञ्चका पुर्वअध्यक्ष दिल किरण खजुम, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलि मिया, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इन्जिनियर अहुब हक, नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करिम बक्स मिया, नेपाली महिला समाजका उपाध्यक्ष अमिना खान, प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, प्रदेश नम्बर ३ समन्वय परिषद कतारका महासचिव कविन्द्र कंडेल लगायतले शभकामना मन्तव्य राख्दै निरन्तर समाज र एनआरएन अभियानमा सक्रिय मुक्तदा अध्यक्ष पदको सहि उम्मेदवार रहेको भन्दै बिजयी गराउन आग्रह गरे ।

अध्यक्षको उम्मेदवारी घोषणा गरेका मुक्तदा मुसलमानको प्रतिबद्धता पत्र  :

एनआरएनए एनसीसी कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी घोषणा (प्रतिबद्धतापत्रसहित )एनआरएनए एनसीसी कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी घोषणा (प्रतिबद्धतापत्रसहित )