गैरआवासीय नेपाली संघ (एनआरएन)को मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रविन गुरुङले मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएन मध्यपूर्वमा परिचित गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्–‘मध्यपूर्व उपसंयोजकपछि जाने भनेको स्वत संयोजकमा नै हो ।’ सहमति र सहकार्यमा विश्वास राख्ने गुरुङ मध्यपूर्वको एकताका लागि आफ्नो उम्मेदवारी दिएका थिएनन् । उनले रोजगार मञ्चलाई भने –‘आफ्नै साथीभाईलाई निस्वार्थ भावानाले सहयोग र साथ दिदा आज उनीहरुले नै धोका दिन खोज्दा मेरो मनले मानेन, त्यही भएर उम्मेदवारी घोषणा गरेको छु ।’

यसअघि मध्यपूर्व संयोजकमा आरके शर्मा र धरम केसीबीच निर्वाचन भएको थियो । यद्यपी आगामी कार्यकालका लागि निर्विरोध चयनका लागि गृहकार्य भइरहेको छ ।

उपसंयोजक पछि म स्वत:  संयोजकको उम्मेदवार हो : प्रविन गुरुङ

मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरुलाई लामो समयदेखि सहयोग गर्दै आइरहेका युवा व्यवसायी गुरुङ कतारमा व्यवसाय गरिरहेका छन् । कतारमा कन्स्ट्रक्सन कम्पनी देखि क्रुजसम्म लगानी गरी हालै मात्र व्यवसाय बिस्तार गरी पाँच तारे होटेलमा दोहोरी रेस्टुरेन्ट संचालन गरेका गुरुङ सामाजिक काममा पनि सक्रिय छन् । गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल,बुगीबुगी जस्ता चर्चित अन्तर्राष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्राण्ड फिनाले समेत कतारमा सफलतापुर्वक सम्पन्न गरिसकेका छन् ।

एनआरएन कतारको २०१३–१५ मा उपाध्यक्ष हुँदै मध्यपूर्व उपसंयोजक पदमा निर्विरोध निर्वाचित गुरुङ एनआरएनभित्र तन,मन र धनले सहयोग गरिरहेका छन् । मध्यपूर्वमा दुःख पाएका नेपालीलाई आर्थिक तथा नैतिक सहयोग गर्न अगाडि सर्ने गुरुङ मध्यपूर्वमा सबैको रुचाइएका व्यक्ति हुन् ।

गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्–‘गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि सारथी वनेको छ, विश्वको जुनसुकै भुगोलमा रहेतापनि नेपाल र नेपालीको राहत तथा उद्धारका लागि हामी जुटिरहेका छौं , त्यति मात्र होइन नेपालमा लगानीको वातवरण श्रृजना गरी लगानी बढाउन पहल गरिरहेको छ ।’

 

गुरुङले भनेका छन्–‘आज खाडीको देश कतारमा रहेर हाँसिल गरेको अनुभवलाई गैरआवासीय नेपाली संघको माध्यमवाट नेपाल सरकार वा सरोकार पक्षसँग हरेक समस्याका समाधानका लागि क्यापसुलको रुपमा काम गर्नेछु ।’

एनआरएनले गरेका कामहरुलाई बाहिर ल्याउन र सहकार्य सहित अघि बढ्नका लागि एउटा संयन्त्र बनाउनु पर्ने गुरुङको भनाई छ । उनी भन्छन्–‘हामी हामीबिचको नेटवर्कले तत्काल समाधान गर्न सकिएला तर दीर्घकालीन समाधान गर्न सकिँदैन । दीर्घकालीन समाधानका लागि एनआरएन, नेपाली दूतावास, नेपाल सरकार र सम्बधित देशको सरकारका प्रतिनिधि सहितको समयन्त्र बनाउन सके जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ ।’

उपसंयोजक पछि म स्वत:  संयोजकको उम्मेदवार हो : प्रविन गुरुङ

गुरुङले विगतको अनुभव भविष्यका लागि मार्गदर्शक बनाउने भएकाले सवैको रचनात्मक सहयोग र सुझावको अपेक्षा गरेका छन् ।

उपसंयोजक पछि म स्वत:  संयोजकको उम्मेदवार हो : प्रविन गुरुङ