एनआरएनए बहराईनको अध्यक्षमा लक्ष्मी गिरी चयन, सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको सातौँ महाधिवेशनले लक्ष्मी गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्बाचित गरेको छ ।

यस्तै अधिवेशनबाट प्रथम उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, द्धितिय उपाध्यक्षमा अमर श्रेष्ठ, महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, महासचिवमा राजुकुमार श्रेष्ठ, सचिवमा राजु खत्री, कोषध्यक्षमा विष्णुप्रसाद आचार्य, सह कोषाध्यक्षमा देबेन्द्र गिरी, महिला संयोजकमा लक्ष्मी क्षेत्री तथा युवा संयोजकमा तिर्थबहादुर भण्डारी, पर्यटन संयोजकमा सुशिल भण्डारी तथा सदस्यहरुमा दिप विक्रम राना, तिलकबहादुर कार्की, कमला सुनार विक, रविन केसी र संगीता खत्री चयन गरेको छ ।

अधिबेशनमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, एनआरएनए सचीव डिबि क्षेत्री, एनआरएनए आईसीसी सदस्य मनोज गोर्खाली, कल्याण श्रेष्ठ, राजु सैयद, सुदिप कार्की, दुर्गा गिरीलगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले निर्बिरोध निर्बाचित नयाँ कार्यसमितिको पुर्ण कार्यकालको सफलताको कामना गर्दै शुभकामना ब्यक्त गरे ।

नबनिर्बाचित अध्यक्ष लक्ष्मी गिरिले बहराईनमा रहेका सबै संघ संस्थाहरुसँग सहकार्य गरेर अगाडी बढने बताउदै आफ्नो कार्यकालमा गर्ने कार्ययोजनाहरु प्रस्तुत गरेकि थिइा । गिरीले बहराईनमा रहेका नेपाली कामदारहरुको हकअधिकार स्थापना तथा समस्या समाधानका लागि नेपाली राजदुताबास तथा नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढने समेत बताइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *