एनआरएनए अध्यक्ष भवन भट्टद्धारा दोश्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टले दोश्रो कार्यकालका लागि अध्यक्ष पदमा आफुले उम्मेदवारी नदिने घोषणा गरेका छन । आफ्नै फेसबुक पेजमार्फत सम्वोधन गर्द अध्यक्ष भट्टले नेतृत्वका लागि आफु अघि नसरेपनि एनआरएन अभियानमा झन सक्रिय भएर लाग्ने बताएका हुन ।

आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौमा हुन लागेको संघको नवौ विश्वसम्मेलनको पूर्वसन्ध्यामा अध्यक्ष भट्टको यस कदमले एनआरएन बृतमा तरंग ल्याएको छ । यसअघि आगामी कार्यकालका लागि भट्टले पुन : उम्मेदवारी दिने चर्चा चलेपनि यस विषयमा उनी मौन रहदै आएका थिए ।

सन् २०११ मा कोषाध्यक्ष, सन् २०१३ मा उपाध्यक्ष हुदै सन् २०१७ मा शेष घले पत्नी जमुना घलेलाई पराजित गर्दै अध्यक्ष बनेका भट्टको यो घोषणाले नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गरिदिएको छ । अहिले आगामी कार्यकालका लागि उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले दावेदारी गरिरहेका छन ।

अध्यक्ष भट्टले आफ्नो कार्यकालमा एनआरएन भवन निर्माण, संखमुल उद्यान निर्माण, लाप्राक नमुनावस्ती निर्माण, बौद्धिक तथा लगानी सम्मेलन लगायतका काम सफलतापूर्वक गर्न सकेकोमा गर्भ लागेको बताउदै आगामी दिनमा पनि एनआरएन अभियानमा अझ लगनशील र सक्रिय भएर लाग्ने बताएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *