एनआरएनए क्यानडामा पत्रकार भट्टराईको उमेदवारी

news-details

गैरआवासीय नेपाली संघ क्यानडाको आगामी नेतृत्वका लागि पत्रकार पीताम्बर भट्टराईले उम्मेदवारी दिएका छन् । एनआरएन अभियान र आप्रवाशन सम्बन्धी दख्खल राख्ने पत्रकारका रुपमा चिनिएका भट्टराई र अर्का नेत्र खडिवडा (दिनेश) संयूक्त रुपमा क्यानडाको ब्राम्पटन र क्यालेडन सिटीबाट उमेद्वारी दर्ता गराएका हुन् ।

एनआरएनए स्थापनाको दोश्रो वर्षदेखि नै एनआरएन अभियानका बारेमा टेलिभिजन पत्रकारिता गरिरहेका भट्टराई लामो समयदेखि क्यानडामा विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरिरहेका छन् । नेपाल टेलिभिजनमा ९ बर्ष निरन्तर ‘रोजगार’ कार्यक्रम उत्पादन तथा संचालन गरेका भट्टराईमा एनआरएन अगुवा तथा अभियन्तासँग राम्रो सम्बन्ध रहेको छ ।

भट्टराईले क्यानडा प्रवेशसँगै नेपालीज् कम्युनिटी नेटवर्क अफ क्यानाडा अर्थात एनसीएनसीमा आवद्ध रहि नेपाली समुदायको सेवामा गर्ने अवसर पाए । नेपाल र नेपालीहरुको सहयोगका लागि भट्टराईले क्यानडाका सरकारी र गैर सरकारी निकायसंग नजिक रहेर सेवा गर्ने अवसर पनि पाए ।

उनले आफ्नो उम्मेदवारी बारे उल्लेख गर्दै भनेका छन्–‘समाजमा केहि गर्ने इच्छा स्वरुप २०१७ को एनआरएनको निर्वाचनमा जाने निधो गरियो । परिणाम अनुकुन नआए पनि ब्राम्पटनबासी मात्र नभएर सिंगो जिटिएबासी नेपालीले गरेको सहगोग र सहानुभुतिपरती म सधैनै ऋणी रहने छु । तपाईहरुको सल्लाह र उत्प्रेरणाले फेरि पनि यस पटक एनआरएनएमा जाने जमर्को गर्दै छु ।’

कुनै पार्टी वा गुटको प्रभाव र प्रलोभनमा नपरि नेपाली र गैर नेपाली समाजलाई सिरोधार्य गरी राम्रो काम गर्ने भट्टराई र खतिवडाको प्रण छ । थोरै बोल्ने र केहि गर्ने सोचका साथ एनआरएनए मार्पत गर्नु पर्ने र गर्ने सकिने ४ बुँदे कार्यक्रम उनीहरुले ल्याएका छन् ।

भट्टराईले भनेका छन्–‘ तपाईको मत तपाई र तपाईको दोश्रो पुस्ताको आवाज हो । यो आवाज एक पटकलाई होइन, सधै सधैलाई गुन्जायमान बनाउने जिम्मेवारी हाम्रो हो ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *