एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा केसी निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी न्युजिल्यान्डको अध्यक्षमा लाल बहादुर केसी अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केसी ९३५ मतसहित बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी घनश्याम सापकोटाको ४८६ मत प्राप्त गरे ।

यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा बलकुमार गोले, महिला उपाध्यक्षमा भावना नेपाल, महासचिवमा दयानिधी गौतम सचिवमा नारद कुँवर र प्रदीप रुपाखेती, कोषाध्यक्षमा विपिन भण्डारी, सहकोषाध्यक्षमा कमल बसेल निर्वाचित भए भने आइसीसी सदस्यमा विशाल सापकोटा बिजयी भएका थिए ।

निर्वाचनमा कार्यसमिति सदस्यहरूमा अप्रिल अर्याल, अशोक कुमार, विष्णु विक्रम शाही, विष्णुकुमार बस्नेत, चन्द्र शर्मा पौडेल, निङवार घिसिङ, पान्डब सिंह पाख्रीन, राजेन्द्र पाण्डे, सची थापा, र सुमना केसी श्रेष्ठ विजयी भएका थिए ।

नवनिर्वाचित अध्यक्ष केसिले निर्वाचनमा अमूल्य मत, माया र सद्भावको लागी सबैलाई हार्दिक आभार प्रकट गर्दै संघले यसअघि सुरु गरेका अभियानलाई निरन्तरता दिदै थप शशक्त ढंगमा अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

एनआरएनए आइसीसी ओसिनिया संयोजक धर्मराज अधिकारीले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै विजेताहरुलाइ बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले केही मतको कमिका कारण हार स्वीकार्न परेका साथिहरुलाइ पनि हार भएको नठानी निरन्तर एनआरएनए अभियानमा लागिरहन समेत आग्रह गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *