एनआरएनए नाइजेरियाको अध्यक्षमा रोशन थापा निर्बाचित

news-details

गैरआवासीय नेपाली संघ नाइजेरियाको लेगोसमा सम्पन्न सातौ अधिवेशनले रोशन थापाको अध्यक्षतामा सर्बसम्मतीले नयाँ कार्य समितिको गठन गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनए अन्तर्रास्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भएदेखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफुलाई स्थापित गराउन सफल रहेको र एनआरएनएका सबै परियोजना तथा नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा गर्व गरे ।

यस्तै अधिवेशनले उपाध्यक्षमा बिरेन्द्र गुप्ता,उर्मिला रोका र सुशील गिरी, महासचिवमा अभिषेक मान सिंह, सचिबमा रोहित भाङ्गर र सोमेश अर्याल, कोषाध्यक्षमा रमेश गुप्ता, सहकोषाध्यक्षमा सागर उप्रेती तथा सदस्यहरुमा उत्तम पौडेल, राजु धिताल, इन्द्र टन्डन, बिस्नु गिरी र लक्ष्मी गुरुङ चयन गरेको छ । कार्यसमितिको महिला संयोजकमा सावित्री गुप्ता र युबा संयोजकमा फिरोज आलम निर्बाचित भए भने अधिवेशनले आइसीसी सदस्यमा बिश्वास पौडेललाइ चयन गरेको छ ।

त्यसैगरी सल्लाहकारहरुमा हिक्मत थापा, चिरञ्जीवी रोका, बिदुर घिमिरे, संजय थापा र शंकर बर्मा चयन भएका छन ।

संघका निवर्तमान अध्यक्ष बिश्वास पौडेलको सभापतित्वमा सम्पन्न साधारण सभामा आईसिसी महिला उप संयोजक मन थापा, आईसीसी सदस्य चिरन्जिबी रोका, पुर्ब अफ्रिका उप संयोजक बिदुर घिमिरे, उपाध्यक्ष बिरेन्द्र गुप्ता लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *