एनआरएनए स्पेनको पाइभास्को क्षेत्रीय समितिमा कमला बराल विजयी

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको पाईभास्को क्षेत्रिय समितिको अध्यक्षमा कमला बराल निर्वाचित भएकी छन् ।

समितिको दोश्रो अधिबेशनमा भएको निर्वाचनमा अध्यक्ष बरालले १ सय ४१ मत ल्याएर प्रतिद्धन्द्धी मालती पन्तलाई पछि पारेकी थिइन् । पन्तले १४० मत प्राप्त गरेकी थिइन् । त्यस्तै सचिवमा खगेन्द्र बम (जेकी) र केन्द्रीय सदस्यमा कृष्ण प्रसाद सिग्देल विजयी भएका थिए ।

यस्तै कोषाध्यक्षमा गेल्जेन शेर्पा, महिला संयोजकमा उमा गुरुङ, युवा संयोजकमा डेविट कार्की निर्विरोध निर्वाचित भए भने सदस्यहरुमा रमेश पण्डित, अन्जनदा यादव, महेश घिमीरे, शिव सापकोटा, दामोदर निरौला, सविन पोखरेल र बाबुराम सुवेदी चुनावी प्रतिस्पर्धाबाट विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष बरालले पाइभास्कोबासी नेपाली समुदायको हकहितमा कामगर्ने प्रतिवद्धता जनाउँदै सबैलाई एकताबद्ध बनाएर लैजाने बताइन् । त्यस्तै केन्द्रीय सदस्य सिग्देलले केन्द्र र क्षेत्रकोबीचको समन्वयमा नेपाल र नेपालीबीच सहकार्यता बढाउनमा केन्द्रित रहने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *