एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा कँडेल निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा केशव कँडेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी दिनेश पोखरेललाई पराजित गर्दै कँडेल अध्यक्षमा निर्वाचित भएका हुन । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कँडेलले ४ हजार १ सय ४८ मत ल्याएका थिए भने दिनेश पोखरेलले ३ हजार ७ सय ५७ मत ल्याएका थिए ।

महासचिवमा ज्ञानेन्द्र रेग्मी सचिवमा उषा बारिया पोखरेल, कोषाध्यक्षमा अनिल कुमार पोखरेल, सह–कोषाध्यक्षमा लक्ष्मण गोपाली विजयी भएका छन भने युथ कोर्डिनेटर पदमा इरशाद अहमद, डेपुटी युथमा द्वारिका दवाडी र युथ सचिवमा सुमन बोहराले जित हात पारेका छन् ।

एनआरएन अस्ट्रेलियाबाट आइसीसी सदस्यहरूमा राजु अधिकारी, छवि सापकोटा, नारायण प्रसाद काफ्ले, अरुण ठाकुर, दिपक शर्मा, सन्तोष कुँवर, र अशोक केसी बिजयी भए ।

एनआरएनका राज्य संयोजकहरूमा नर्दन टरोटेरीबाट हेम पुन निर्विरोध निर्वाचित भए भने केन्द्रीय सदस्यहरूमा टेविस प्रधान र बासुदेव दुलाल निर्वाचित भएका छन । क्यापिटल टेरोटेरी क्यानबेराको संयोजकमा चुडामणि सापकोटा तथा केन्द्रीय सदस्यहरूमा ललित मल्ल र महेश वशिष्ठ निर्वाचित भएका छन् ।

वेस्टर्न अस्ट्रेलिया(पर्थ)को संयोजकमा कृष्णमान श्रेष्ठ तथा केन्द्रीय सदस्यमा शरद पौडेल र आशिष अधिकारीले विजयी प्राप्त गरेका छन् । साउथ अस्ट्रेलियाबाट संयोजक तथा उपाध्यक्षमा नविन पन्थ विजयी भएका छन् भने केन्द्रीय सदस्यमा सन्जय पुरी र बाल सापकोटा निर्वाचित भएका छन ।

क्वीन्सल्यान्ड(ब्रिसबेन) राज्यको संयोजकमा उमेश खड्का तथा केन्द्रीय सदस्यमा राजु नगरकोटी, अभिषेक सिंह र सुमन श्रेष्ठ विजयी भएका छन् । भिक्टोरिया राज्यको संयोजकमा प्रेम कँडेल तथा केन्द्रीय सदस्यहरूमा हरि खड्का, शिशिर चन्द्र बास्ताकोटी र हेम दुलाल विजयी भएका छन् ।

न्यु साउथवेल्स राज्यको संयोजकमा देव गुरुङ तथा केन्द्रिय सदस्यमा बाबुराम गौतम, कृष्ण निरौला, सागर अधिकारी, कर्ण कुमार यादव, अर्जुन गौतम र विकास सापकोटा विजयी भएका छन् ।

यस्तै, एनएसडब्लुको उपसंयोजकमा चुन्ना क्षेत्री विजयी भएका छन् भने सचिवमा दिपक पहारी, कोषाध्यक्षमा संगीता बस्नेत, सहसचिवमा तीर्थराज कार्की, युथ कोर्डिनेटरमा अरुण गौतम र डेपुटी युथ कार्डिनेटरमा पारस थापा विजयी भएका छन् ।

निर्वाचनमा डेमोक्रयाट र प्रगतिशील पक्षको समूहबीच प्रतिष्पर्धा भएकोमा अधिकांश पदमा डेमोक्रयाट समूह बिजयी भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *