एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि एसिया प्यासिफक क्षेत्रीय संयोजकमा जापानबाट रोविन्द श्रेष्ठ (गोविन्द)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । यस अघि क्षेत्रीय उपसंयोजकको जिम्मेवारी निभाइसकेका श्रेष्ठ अघिल्लो कार्यकालमा झिनो मतान्तरले संयोजक पदमा पराजित भएका थिए ।

जापानमा सफल नेपाली व्यवसायी र सामाजिक अभियन्ताको परिचय बनाउन सफल श्रेष्ठ एनआरएन अभियानमा लामो समयदेखि सक्रिय छन । पदमा रहदा होस या नरहदा निरन्तर एनआरएनका क्रियाकलापमा सक्रिय श्रेष्ठले एनआरएन भवन, लाप्राक नमुनावस्ती निर्माण, वाराका हावाहुरी पीडितलगायतमा संघको प्रतिनिधित्व गर्दै तथा व्यक्तिगतरुपमा ठुलो सक्रियता र सहायता प्रदान गरेका थिए ।

विगतमा एसिया प्यासिफिक उपसंयोजक भएर कुशलतापूर्वक कार्यसम्पादन गरिसकेको र त्यसयता पनि निरन्तर संस्थामा रहेर काम गरिरहेकाले ती अनुभवहरुलाई उपयोग गर्दै एनआरएनए अभियानमा थप योगदान पु¥याउने अठोटसहित एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा आफुले दावेदारी प्रस्तुत गरेको श्रेष्ठको भनाई छ ।

एनआरएन अभियानमा आफु छोटो यात्राका लागी नभई एउटा पूर्ण यात्रीको रुपमा जोडिएको हुँ, तसर्थ मलाई यो अभियानमा यहाँहरुको साथ सहयोग र अपार मायाँको निरन्तर खाचो छ र दिइरहनुहुन्छ भन्ने अपेक्षा पनि छ’ श्रेष्ठ भन्छन –‘सम्पूर्ण अग्रजहरु तथा शुभचिन्तकहरुको चाहना तथा अपेक्षा अनुरुप आफुलाई अझ सक्रिय र क्रियाशील बनाउने प्रणसहित आगामी एनआरएनए अधिबेशनमा एनआरएनए एसिया प्यासिफिक सयोजकको रुपमा उभ्याएको छु, यहाँहरुले मलाई सल्लाह, सुझाब, साथ–सहयोग र मायासहित यो जिम्मेवारी निर्वाहका लागि योग्य सम्झनुहुनेछ भन्ने बिश्वास गरेको छु ।’

जापानका अलवा नेपालमा पनि विभिन्न व्यवसायको क्षेत्रमा हात हालेका श्रेष्ठ एनआरएन अभियान विशुद्ध सामाजिक अभियान रहेको र गैरआवासीय नेपालीहरुसँग देशले पनि धेरै अपेक्षा गरेको भन्दै उक्त जिम्मेवारी निभाउन तत्पर भएर नै नेतृत्वका लागि आफु अघि बढेको बताए ।

‘हामीले स्वदेशमा रोजगारी सिर्जनासँगै लगानी भित्राएर मुलुक समृद्ध बनाउने अभियान गरिरहेका छौ, यसलाई अझ व्यापक र बृहत बनाउन आवश्यक छ त्यसका लागि संस्थागतरुपमा उपयुक्त जिम्मेवारी निर्वाह गर्ने मेरो अठोट हो’ श्रेष्ठले आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै भने –‘एनआरएन अभियानमा मैले पु¥याएको योगदान सबै साथीहरु सामू छर्लङग नै छ, यहाँहरुको सल्लाह, सुझाव तथा साथ सहयोगले अझ धेरै योगदान पु¥याउने अवसर पाउनेछु भन्नेमा म आशावादी छु ।’

श्रेष्ठलाई दक्षिण कोरियाबाट पूर्व उपसंयोजक विनोद कुवरलगायत एसिया प्यासिफिक क्षेत्रका अधिकांश एनआरएनए एनसीसीबाट समर्थन रहेको छ । एसिया प्यासिफक क्षेत्रीय संयोजकमै यस अघि जापानबाटै पारसमणी पोखरेलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन भने अन्य क्षेत्रबाट पनि उम्मेदवारी आउने संभावना छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *