एनआरएनए कतारको प्रथम उपाध्यक्षमा भण्डारीको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको नयाँ नेतृत्वका लागि प्रथम उपाध्यक्ष पदमा युवा समाजसेवी नारायण भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनए कतारको अधिवेशन तथा नयाँ नेतृत्व चयनको निर्वाचन यही अगष्ट २३ मा हुदैछ ।

सन् २००९ देखि दोहा कतारलाई कर्मथलो बनाउदै आईरहेका नुवाकोटका भण्डारीले एनआरएनए एनसीसी कतारमा सन् २०१३ देखि निरन्तर पार्षद सदस्य हुदै वर्तमान कार्यसमितिमा युवा सहसंयोजकको महत्वपूर्ण जिम्मेवारी निभाइसकेका छन ।

गैरआवासीय नेपाली संघको अभियानमा विगतको अनुभव र ज्ञान प्रयोग गरी थप जिम्मेवारी निर्वाह गर्ने संकल्पका साथ आफु उपाध्यक्ष पदका लागि अघि सरेको बताउदै भण्डारीले कतारमा रहेका एनआरएनएका अग्रजहरु र अन्य साथीभाईहरुबाट सहयोग, हौसला तथा प्रेरणा पाउनेमा आफु आशावादी रहेको बताए ।

स्वदेशमै रहदादेखि कतारलाई कर्मभूमि बनाउदासमेत समाजसेवीको पहिचानसहित निरन्तर सामाजिक कार्यमा आफुलाई समर्पित गराउँदै आएका भण्डारी नुवाकोट सेवा समाज कतारका सल्लाहकार, प्रदेश नं. ३ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार लगायत अन्य विभिन्न बैचारिक, सामाजिक संघसंस्थाहरुमासमेत आवद्ध छन ।

आफ्नो उम्मेदवारीको दावेदारी प्रष्ट्याउदै भण्डारीले श्रमीकहरुको हकअधिकार सुनिश्चितता र चेतना अभिवृद्धिका लागि, संगठनलाइ अझै श्रमिकमुखी बनाउनका लागि, रोजगारदाता कम्पनी र दूतावाससँग समन्वय गरी समस्या न्यूनिकरणमा भूमिका खेल्नका लागि, कतारमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुबीच सहकार्यताको भावना मजवुद गराउनका लागि, नेपालको पर्यटन प्रवद्र्धन गर्नलगायतका प्रतिवद्धता व्यक्त गरेका छन ।

आफुले विगतमा एनआरएन अभियानमा देखाएको सक्रियता र कामको मूल्यांकन गर्दै कतारमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरुले उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनेमा आफु आशावादी रहेको भन्दै भण्डारीले यसका लागि सल्लाह, सुझाव तथा अमूल्य मत प्रदान गरिदिन अपिल गरेका छन । उनले जिम्मेवारी निर्वाह गर्ने अवसर पाए आफुले हिजोका दिनमा भन्दा अझ राम्रा र उत्कृष्ट काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *