एनआरएनए युगाण्डाको अध्यक्षमा थापा निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, युगान्डाको अधिवेशनले बिनोद थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्ष राजमणी भण्डारी र उपाध्यक्ष बिनोद थापा नयाँ नेतृत्वका लागि दाबेदार रहेकोमा थापाले भण्डारीलाई ११ मतले पछि पार्दै बिजयी भएका हुन् ।

नयाँ कार्यसमिति चयनका क्रममा अध्यक्ष बाहेक अन्य पद भने सर्वसम्मतले चयन भएको थियो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल ८२ मतदाता रहेको युगान्डामा ४५ मत खसेकोमा बिनोद थापाले २८ मत र राजमणी भण्डारीले १७ मत प्राप्त गरेका थिए ।

जस अनुसार उपाध्यक्षमा प्रेम श्रेष्ठ, महिला उपाध्यक्षमा तारा गिरी, महासचिवमा कमल दत्त भट्ट, सचीवमा धनराज गिरी, कोषाध्यक्षमा सन्जिभ शर्मा, सह कोषाध्यक्षमा कल्पना अर्याल गैरे, महिला संयोजकमा वर्षा आचार्य छेत्री शर्मा, युवा संयोजकमा तेजेन्द्र बिवस, प्रबक्तामा निमेष श्रेष्ठ तथा निर्विरोध चयन भए ।

यसैगरी कार्यसमिति सदस्यहरुमा गणेश कार्की, श्रवण झा, रमा अर्याल, तेज खड्का र निक्कु केसि सर्वसम्मतले चयन भए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *