ओमान/ गैरआवासीय नेपाली सोसल क्लब (एनआरएनए एनसीसी) ओमानको पाचौ अधिवेशनले क्याप्टेन सेवन्त पुर्जा पुनको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध नेतृत्व चयन गर्ने ओमान एकमात्र एनसीसी हो ।

एनआरएनए ओमानले चुन्यो निर्विरोध कार्यसमिति, अध्यक्षमा सेवन्त पुर्जा पुन

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेर अन्य मुलुकमा रहेका एनसीसीलाईसमेत गतिलो उदाहरण प्रस्तुत गरेको छ । स्थापना कालदेखि नै निर्विरोध कार्यसमिति चयन गर्दै आएको ओमानले यसपटक पनि त्यसलाई निरन्तरता दिएको हो ।

एनआरएनए ओमानले चुन्यो निर्विरोध कार्यसमिति, अध्यक्षमा सेवन्त पुर्जा पुन

आज शुक्रबार ओमानको राजधानी मस्कटमा रहेको अल फलाज होटलमा सम्पन्न अधिवेशनमा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबी क्षेत्री, गल्फ संयोजक आरके शर्मालगायत मध्यपूर्वी क्षेत्र तथा विश्वभरबाट एनआरएन अभियान्ताहरु सहभागी रहेका थिए ।

एनआरएनए ओमानले चुन्यो निर्विरोध कार्यसमिति, अध्यक्षमा सेवन्त पुर्जा पुन

अधिवेशनले अध्यक्षमा सेवन्त पुर्जा पुन, प्रथम उपाध्यक्षमा पुर्ण बहादुर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा विकल झा, महासचिवमा रविन शिल्पकार, सचिवमा भरत अधिकारी, कोषाध्यक्षमा महेश चौधरी, सहकोषाध्यक्षमा रामहरी गिरी, प्रवक्तामा राम कुमार तामाङ, युवा संयोजकमा फुर्वा लामा, महिला संयोजकमा रुपा कार्की निर्विरोध चयन गरेको हो ।

यसैगरी कार्यसमिति सदस्यहरुमा टेकाराम विश्वकर्मा, ललित बास्तोला, लक्ष्मी प्रसाद कोइराला, कुल बहादुर श्रेष्ठ, महेन्द्र तिवारी, राम थोकर तामाङ, सुरेश खडका, सुनु तामाङ, नरेन्द्र बराल, अर्जुन प्रसाद पौडेल र सुसन श्रेष्ठ निर्विरोध चयन भए । अधिवेशनले निर्वतमान अध्यक्ष दिपक श्रेष्ठलाई प्रमुख संरक्षक र आइसीसी सदस्यमा अजय यादबलाई चयन गरेको छ ।

एनआरएनए ओमानले चुन्यो निर्विरोध कार्यसमिति, अध्यक्षमा सेवन्त पुर्जा पुन

निर्विरोध निर्वाचित कार्यसमितिलाई आजै आयोजित समारोहकाबीच संघका अध्यक्ष भवन भट्टले सपथ खुवाएका छन ।

अधिवेशका सभापति तथा निवर्तमान अध्यक्ष दिपक श्रेष्ठले ७ वर्षसम्मको लामो प्रयासपछि एनआरएनए एनसीसी ओमानलाई ओमान सरकारबाट सामाजिक संस्थाकारुपमा मान्यता दिलाउन सकिएकोमा ठुलो सन्तुष्टि मिलेको बताउदै आगामी कार्यसमितिले यसलाई अझ शसक्त ढंगमा अघि बढाओस् भन्ने शुभकामना व्यक्त गरे ।

एनआरएनए ओमानले चुन्यो निर्विरोध कार्यसमिति, अध्यक्षमा सेवन्त पुर्जा पुन

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशन नजिकिदै जादा एनआरएनहरुमा नयाँ नेतृत्वको विषयलाई लिएर सरगर्मी बढीसकेको छ । आइसीसीको अधिवेशन अघि एनसीसीहरुको अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार अहिले एनसीसीहरुमा पनि नेतृत्वको रस्साकस्सी चलिरहेको छ ।

जसमा पनि एनआरएनए ओमानको अधिवेशनले संसारभरका एनआरएनहरुसँगै आइसीसीको नेतृत्वमा जान चाहनेहरुको पनि चासो ठुलो रहेको यस अधिवेशनमा भएको सहभागीताबाटै प्रष्ट हुन्छ । यस अवस्थामा एनआरएनए ओमानले लगातार पाचौ पटकसम्म निर्विरोध नेतृत्व चयन गरेर एनसीसीहरुलाई मात्र होइन आइसीसीलाई पनि सहमतिका लागि प्रेशर दिएको छ ।