एनआरएनएन एनसीसी ओमनको राष्ट्रिय महाधिवेशन शुक्रवार मस्कटमा हुँदै

news-details

गैरआवासीय नेपाली संघ एनसीसी ओमनको पाचौ राष्ट्रिय महाधिवेशन तथा सपथ ग्रहण कार्यक्रम अगामी शुक्रवार २८ जुनका दिन अल फलाज होटल दार्सेट, मस्कटमा हुँदैछ ।

२८ डिसेम्बर २००९ मा स्थापना भएको एन आर एन ए ओमान २७ फेब्रुअरी २०१७ मा ओमानमा बिधिवत रुपमा दर्ता भए पछि एन आर एन सोसल क्लबको रुपमा कार्यरत रहेको छ । महाधिबेशनको प्रमुख अतिथि राजदुत शर्मिला पराजुली ढकाल रहने र सपथ ग्रहणमा मिनिस्ट्री अफ सोसल डेभलपमेन्ट अफेयर अन्तर्गत असोसिएसन एन्ड क्लब कम्मुनिटीबाट प्रथम सचिबको उपस्थिति रहने एनआरएन ओमानले जानकारी दिएको छ ।

मध्यपुर्वमा यस कार्यकालको लागि महाधिवेशन गर्ने एनसीसी ओमान पहिलो पर्न गएको हुँदा बिश्वभरी रहेका एनआरएन अगुवा, नेतृत्वका आकाक्षी र आइसीसी पदाधिकारीहरु ओमान जाने छन् ।

अहिलेसम्म एनआरएनएन आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य, एनआरएनएन अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्यपूर्व संयोजक आर के शर्मा, एनआरएनए मध्य पूर्व सहसंयोजक गोपाल कँडेल र प्रविन गुुरुगं, एनआरएनए आइसीसी सदस्यहरू चित्र केसी, मनोज गोर्खाली, सुदिप कार्की, जोन आर्याल, मध्य पूर्वका पूर्व संयोजक नरेन्द्र भाट, एनआरएनएन आईसीसी पूर्व उपाध्यक्ष टिबी कार्की, एनआरएनए बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए यूएई अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी, एनआरएनए आईसीसी सदस्य विमल सुवेदी, विनोद भट्टराई, एनआरएनए भुतपुर्व मध्यपूर्व सहसंयोजक राजु सैयद, कुवेतबाट एनआरएनए आईसीसी सदस्य अमित राई, बहराइनबाट आईसीसी सदस्य कमल श्रेष्ठ, एनआरएनए बेल्जियमबाट गोविन्द सुवेदी, बहराइनबाट दुर्गा गिरी, एनआरएन आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक अब्दुल बासिद, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरी सहभागी हुने टुङ्गो लागिसकेको जानकारी एनआरएन ओमानका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

मध्यपूर्वमा कतारपछि महत्वपूर्ण एनसीसी मध्ये ओमान पनि एक हो । एनआरएनका बर्तमान आइसीसी सचिव डिबी क्षेत्री एनसीसी ओमानको नेतृत्व गर्दे मध्यपूर्वको संयोजक हुँदै आईसीसी सचिबमा पुगेका हुन् ।

एनसीसी ओमानको महाधिबेशनमा आगामी कार्यकालका लागि समिकरण तथा उम्मेवारी घोषणासमेत हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *