गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युगाण्डाले तराईका हुरी पीडितका सहयोगको लागि सहयोग संकलन गरि रहेको एनआरएनएको कोषमा दुई लाख छयासी हजार पाच सय सतचालीस रुपैयाँ सहयोग पठाएको छ ।

एनआरएनए युगाण्डाद्वारा तराईका हुरी पीडितलाई सहयोग

संघका अध्यक्ष राजमणि भण्डारीले ढिलै भए पनि युगान्डाबाट पीडितलाई सहयोग गर्न पाएकोमा संतोष ब्यक्त गरेका छन । संघको उक्त अभियानमा हालसम्म विभिन्न एनसीसीहरूबाट पैसट्ठी लाख उन्नतीस हजार छ सय पन्ध्र रुपियाँ जम्मा भै सकेको छ ।