एनआरएनएमा चुनावी सरगर्मी बढ्दै, अध्यक्षमा पन्त, उपाध्यक्षमा लामा, सचिवमा जोशी र सहकोषाध्यक्षमा शेर्पाको दावी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९ औ विश्व सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वको सरगर्मी बढेको छ । विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदै गर्दा एनआरएनए आइसीसीमा नेतृत्वका लागि आ–आफ्नो दावी आउन थालेको हो ।

आठौ विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचित गरेपछिको कार्यकाल सकिन लागेको छ । अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिबेशन गर्दै नयाँ नेतृत्व चुन्न थालेका छन् । एनआरएनए एनसीसीमा सबैभन्दा पहिला एनआरएनए अमेरिकाले निर्वाचन गरेर नयाँ नेतृत्व छानिसकेको छ ।

अमेरिकामा निर्वाचनको धङधङी सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकांक्षीहरुले आफ्नो दावेदारी दिन थालेका हुन । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन भित्रभित्रै माहोल हङकङमा भएको एनआरएनए क्षेत्रीय भेलाबाट नै सुरु भएता पनि अहिले सतहीरुपमा आकांक्षीहरु बाहिर देखिन थालेका छन् । योसँगै नेतृत्वका लागि दावेदारी दिनेहरु बढिरहेका छन ।

अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार रहेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफु सर्वसम्मत अध्यक्षको हकदार भएको बताउँदै आएका छन् । वर्तमान अध्यक्ष भट्टसँग एनआरएनको अगुवाईको रोहबरमा सहमति गरेर यसअघि उपाध्यक्षमा नै थन्कीएका पन्तको अध्यक्षको दावीलाई अधिकांश एनआरएनहरुले स्वभाविक मानेका छन् । उनलाई जसरी भएपनि अध्यक्ष बनाउन पूर्व अध्यक्ष जीवा लामिछाने जुटिरहेका छन् ।

उपाध्यक्ष पन्तले आफ्नो कार्यकालमा समेत उल्लेख्य कार्य गरेर आम एनआरएन र नेपालीहरुको मन जितेका छन् । यद्यपी एनआरएनएका अध्यक्ष भट्टले अझै एक कार्यकाल दोहो¥याउने आकांक्षा खुलेर वोल्न थालेका छन् । भट्टको पुन अध्यक्ष पदको आशक्तीलाई उपाध्यक्ष पन्त र एनआरएनका अगुवाहरु कुनै हालतमा स्वीकार्न तयार देखिएका छैनन् ।

यता एनआरएनएको उपाध्यक्षको दावी गरिरहेका अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामा उपर्युक्त समयको पखाईमा छन् । अघिल्लो कार्यकालमा उपाध्यक्ष पदमै झिनो मतले पराजय भोगेका लामा यस पटक जसरी भएपनि उपाध्यक्ष बन्ने गरी अगाडि बढेका छन् । यद्यपी उनी पनि अध्यक्ष पदमा नै उम्मेदवारी दिने बताउँदै आएका छन् ।

मुस्ताङमा सबैभन्दा ठूलो बुद्धको प्रतिमा स्थापना गरेका लामा एनआरएनका हरेक अभियानमा अग्रपंतिमा लागेका छन् । राजनीतिक खिचातानी भन्दा सामाजिक कार्यमा परिचित लामा एनआरएनको नेतृत्वमा रहेर आगामी कार्यकालमा काम गर्न खोजिरहेका छन् ।

एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा. केशव पौडेलले महासचिव पदका लागि आकंक्षा देखाएका छन् । एनआरएनए आइसीसीमा काम गर्ने चाह राखेका डा. पौडेल एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा निकै राम्रो काम गरेका थिए ।

एनआरएनए नेतृत्वमा निकै छिटो फड्को मारेका गौरी राज जोशी पनि आगामी कार्यकालका लागि आइसीसी सचिव पद ताकिरहेका छन् । एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक जोशीले एनआरएन अभियानमा अझै अगाडि जाने आकंक्षा राखेका छन् ।

एनआरएनएको अभियानमा अर्को परिचित अनुहार हो, एसी शेर्पा । पदभन्दा पनि काममा विश्वास राख्ने शेर्पाले अघिल्लो कार्यकालमा एनआरएनए अमेरिकाको क्षेत्रीय उपसंयोजक भएर कुशलतापूर्वक काम गरिसकेका छन । एनआरएन अभियानमा फड्को मारेर भन्दा पनि क्रमिकरुपमा सिक्दै अगाडि बढ्नुपर्छ भन्ने शेर्पाले आगामी कार्यकालका लागि सह-कोषाध्यक्षको दावी गरेका छन् । शेर्पा भन्ने गर्दछन्–‘हामी हिमाल चढे जसरी फेदबाट क्रमिकरुपमा जान्छौ, एनआरएनएको नेतृत्वमा जानका लागि पनि क्रमिकरुपमा नै जाने हो ।’ शेर्पा विश्वका सात महादेशका सबैभन्दा अग्लो सातवटै हिमालहरु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका व्यक्ति हुन् ।

एनआरएन अभियानमा लाग्दा पदमा हुँदा या नहुँदा उत्तिकै सक्रिय शेर्पा अमेरिकाको सियाटलको महाबाणिज्यदूत पनि हुन् । शेर्पाले एनआरएनए मार्फत मात्र नभएर व्यक्तिगतरुपमा पनि सामाजिक काममा अग्रपंक्तिमा रहेर सबैको मन जितिरहेका छन् । विश्वका एनआरएनले चिनेका शेर्पा एनआरएनएको कोषलाई परम्परागत नभई पारदर्शी र वैज्ञानिक बनाउन चाहन्छन् ।

यसरी एनआरएनको नयाँ नेतृत्वको चहलपहल बढिरहँदा काम गर्न सक्ने सक्षम नेतृत्व छनौट गर्न आवश्यक छ नत्र भोलि पछुताउनु पर्नेछ । संस्थामा रहेर काम गर्न सक्ने र समय दिन सक्ने नेतृत्व छान्नु नै बुद्धिमति हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *