दोलखाको दुर्गम गाँउको विद्यालयलाई एनआरएन सोसियल क्लब ओमानद्धारा कम्प्युटर सहयोग

news-details

गैरआवासिय नेपाली सोसियल क्लब ओमानले दोलखाको दुर्गम गाँउ मेलुङ गाउपालीका भेड्पूस्थित भीम माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर सहायता स्वरुप उपलब्ध गराएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको ‘एक एनसीसी एक परियोजना’ कार्यक्रम अन्तर्गत गैरआवासीय नेपाली सोसल क्लब ओमानले उक्त विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययनका लागि रु. १ लाख ४४ हजारको लागतमा ५ थान कम्प्युटर हस्तान्तरण गरिएको संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका छन ।

विद्यालयमै पुगेर एनआरएन सोसियल क्लब ओमानका उपाध्यक्ष तथा आजिवन सदस्य केशबलाल श्रेष्ठ र सचिव रबिन शिल्पकारले विद्यालयका प्रधानअध्यापक सचिन थोकरलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन ।

सरकारले कम्प्युटर शिक्षाको विषय अनिवार्य गरेकोमा भएका केहि कम्प्यूटर पनि बि.स. २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि कम्प्यूटबिहिन अवस्थामै कम्प्यूटरको कक्षा चलाउनु पर्ने बाध्यता भएको गुनासो विद्यालयका प्र.अ. थोकरबाट जानकारी पाएपछि उक्त सहायता उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताए ।

‘यस विद्यालयमा अत्यावश्क शैक्षिक सामाग्री सहयोग गरेकोमा एनआरएन ओमान परिवारलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ’ कम्प्युटर सहायता लिदै विद्यालयका प्रअ थोकरले भने –‘हामी विगत केहि वर्षयता कम्प्युटर विना नै कम्प्युटर शिक्षा दिन बाध्य भैरहेका थियौ, अब त्यो अभाव पुरा भएको छ भोलीका दिनमा यहाँका छात्रछात्रालाई गुणस्तरीय शिक्षा प्रदानमा यो सहयोगले ठुलो भूमिका खेल्नेमा हामी विश्वस्थ छौ ।’

उक्त विद्यालयमा कम्प्युटर सहयोग उपलब्ध गराउन ब्यवस्थापनको भूमिका खेलेका एनआरएन सोसियल क्लबका अर्का उपाध्यक्ष गुणहरी अधिकारिलाई आभार प्रकट गर्दै संघले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुलाई निरन्तर सक्रिय बनाउने जानकारी दिएको छ ।

एनआरएन सोसियल क्लब ओमानले ओमानमा रहेका नेपालीहरुको समस्यामा तथा स्वदेशमा विभिन्न सामाजिक कार्यका अलवा विपतको समयमा सहायता उपलब्ध गराउदै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *