अर्वपतिको सूचिमा शेष र जमुना घलेको फडको, पहिलो पटक बिलिनियरको सूचीमा

news-details

नेपाली मुलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा फड्को मारेका छन् ।

अस्ट्रेलियन फाइनान्सियल रिभ्यु पत्रिकाले निकालेको नयाँ सूचीमा उनीहरू १ दशमलव १८ बिलियन डलरसहित ७८औं नम्बरमा पर्न सफल भएका छन् ।

गोरखामा जन्मिएका शेष घले करीब दुई दशकअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया भित्रिएका थिए ।

सन् २००२ देखि घरजग्गाको व्यवसायमा हात हालेका उनी पहिलोपटक सन् २००९ मा बीआरडब्लू पत्रिकाले सार्वजनिक गर्ने अस्ट्रेलियाली धनीहरूको सूचीमा पर्न सफल भएका थिए ।

लामो समयदेखि अस्ट्रेलियाका धनीहरूको सूची सार्वजनिक गर्दै आएको फाइनान्सियल रिभ्युले शुक्रबार साँझ सार्वजनिक गरेको सूचीमा उनी १ दशमलव १ बिलियन डलरसहित ७८ औं धनी बन्न सफल बनेका हुन् ।

यसअघि गत मार्चमा प्रतिष्ठित पत्रिका द अस्ट्रेलियनले सार्वजनिक गरेको धनीहरूको सूचीमा उनी १ दशमलव १ बिलियन डलरसहित ८५ औं धनीको सूचीमा सूचीकृत भएका थिए ।

घले दम्पती पहिलोपटक यस वर्षदेखि अस्ट्रेलियाको बिलिनियरको सूचीमा पर्न सफल बनेका हुन् । गत वर्ष ८ सय ७६ मिलियन डलरसहित ८१ औं धनीको सूचीमा परेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *