चरित्र हत्या गर्न खोजिएको भन्दै एनआरएनए युएईका अध्यक्ष श्रेष्ठद्धारा रोष प्रकट

news-details

व्यक्तिगत चरित्रहत्याको कोशिष गर्दै प्रहरीमा उजुरी गरिएको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष रमेश श्रेष्ठले खेद प्रकट गरेका छन ।

व्यक्तिगत लेनदेनको विषयलाई लिएर गत शुक्रबार युएईको दुवईमा आयोजित ‘धुर्मुस–सुन्तली साझ’ कार्यक्रम स्थलबाट पक्राउ परेका श्रेष्ठले रिहा भएलगत्तै दुःख दिने तथा चरित्रहत्या गर्ने प्रयास गरिएकोमा अब कानुनीरुपमै यसको जवाफ दिने बताएका छन् ।

व्यक्तिगत लेनदेनको विषयमा विवाद आएपछि उनका व्यवसायीक साझेदारसमेत रहेका झापाका शंकर श्रेष्ठले उनीबिरुद्ध दुवई र अजमानमा मुद्धा हालेका थिए । श्रेष्ठले यस बिषयमा आपसी सहमति भइसकेको अवस्थामा सुनियोजित तरिकाले पक्राउ गरिएकोमा आफु अचम्मित र दुःखी भएको बताएका छन ।

‘आपसी सहमति भैसकेर पैसा लिन बोलाउँदा पनि नआएर योजनावद्ध ढंगमा कार्यक्रमस्थलमै बोलाएर पक्राउ गरिने काम भयो । यदी नियत सफा भएको भए जुनसुकै समयमा पनि छलफलका लागि म तयार नै थिए तर नेपाली समूदायको कार्यक्रमकैबीचमा यस्तो गर्ने प्रयास किन गरियो ?’ श्रेष्ठले भने –‘यस्ता कार्यले भोलीका दिनमा युएईमा सामाजिक कार्यमा सक्रिय जोकोहीलाई दुःख दिने परिपार्टी मौलाउदै जानेछ, यसखाले नियतीलाई परास्त गर्न सबै एकजुट हुनुको विकल्प छैन ।’

हालसालै मात्र एनआरएनए युएईलाई सामाजिक संस्थाकोरुपमा नेपाल एशोसिएसनका नाममा युएईमा कानुनीरुपमा दर्ता गराउन अहंम भूमिका खेलेका श्रेष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको सहयोगार्थ आयोजित ‘धुर्मुस–सुन्तली साझ’ कार्यक्रमको संयोजन टिममासमेत रहेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *